चुत्राबेशी अर्घाखाँची । अर्घाखाँचीको नुवाकोट-५ पान्डाँडा घर भई हाल चुत्राबेशी बसोबास गर्दै आएका अर्घाखाँचीडट्कमका प्रवाधिक सहयोगी एवम आई टि लिन्क कम्प्युटर साइवरका प्रवन्धक निर्देशक डार्बिन पुनको असमाहिक दु:खत निधन भएको छ।
गत असार १६ गते लु ५ प १५६६ नम्बरको मोटरसाइकल चलाएर बुटवल जाने क्रममा पिपरा र सालझन्डी अन्तरगत पर्ने लखनचौकमा बुटवलबाट आईरहेको लु १ च ३७६६ नम्बरको पिक अप भ्यान जिपले ठक्कर दिदा टाउकोमा गम्भिर चोट लागि बुटवल अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि काठमाडौंको न्युरो अस्पताल, बाँसबारी लगिएको र उपचारका क्रममा गत असार २२ गते दिनको ठीक १२: ४५ बजे २५ वर्षे कलिलो उमेरमा उनको निधन भएको थियो ।
उता अर्घाखाँचीका सम्पुर्ण साईबर तथा कम्प्युटर ईन्स्टिच्युटहरु शुक्रवार एक दिनका लागि बन्द भएका छन् ।
चुत्राबेसीमा रहेको आईटी लिन्कका संचालक डार्बीन पुनको असार २२ गते दुर्घटनामा परि असामयीक मृत्यु भएकोले शोक स्वरुप साईबर तथा कम्प्युटर ईन्स्टिच्युटहरु शुक्रवार एक दिनका लागि बन्द गरिएको कम्प्युटर एसोसिएसन नेपाल अर्घाखाँचीका सचिब कृष्ण बर्माले बताएका छन् ।
यसैगरी इमान्दार, सामाजिक, स्रिर्जनशिल व्यक्तिको रुपमा चिनिने डार्बिन पुनको असमाहिक निधनले अर्घाखाँचीडट्कम परिवारले गहिरो दु:ख व्यक्त गरेको छ। अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सी एवम सम्पादक बिरेन्द्र केसीले एक सयुक्त विज्ञप्ती निकाली स्व. डार्बिन पुनको अकल्पनिय दु:खत निधनबाट जिल्लाको एक इमान्दार, सामाजिक, स्रिर्जनशिल व्यक्ति गुमाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समावेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामनाका साथ हार्दिक समवेदना प्रकट गरिएको छ।
http://arghakhanchi.com/index.php?action=news&id=PWtETjFNVE0=