बालिका अपहरण गरेको आरोपमा अर्घाखाँचीबासी नेपाली भारतको भोपाल कारागारमा

– डिल्ली राज घिमिरे

भोपाल । अर्घाखाँची जिल्ला भगवती गाबिस वार्ड नम्बर- १ बदेल् चौर घर भई हाल भारतको मध्यप्रदेश स्थित भोपाल जिल्लाको बल्लब्नगर कर्मङ्क-१ झुग्गी बस्तीमा स्थायी रुपमा बसोबास गर्दै आएका मुन बहादुर के.सी लाई स्थानिय एक बालिका अपहरण गरेको आरोपमा कयौ दिन देखी स्थानिय यैसबाग प्रहरीले गिरफ्तार गरी भोपाल जिल्ला कारागारमा थुनामा राखेको छ।

गत जुलाई २ का दिन भोपालको पिप्लेनीबाट ७ बर्षकी अग्राबाल समाजकी बलिकालाई घुमाउन भनी दिउसो ३ बजे लगेको र रातको ९ बजे सम्म पनि बजारमा घुमाउदै गर्दा बलिकाका आफन्तले खोज्ने क्रममा उनले साइकलमा घुमाउउदै गरेको फेला पारी सोही स्थानमा उनी माथि अपहरण गर्न खोजेको भन्दै हातपात, कुटाइ गर्दै प्रहरीलाई बुझाएका थिए। उनका दाई नारेन केसीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार अहिले उनलाई भारतीय अपहरण सम्बन्धी कानुनमा ३६४,३६६ अनुसार अदालती कारबाही अगाडी बढाइएको छ।

तथापी उनलाई वेकसुर अपहरणको आरोपमा दु:ख दिई थुनामा राखेको स्थानिय नेपालीबासीहरुको भनाइ रहेको छ। 
 
र उता यहाँ रहेका बिभिन्न समाजका प्रतिनिधिहरुले एवम विभिन्न राजनीतिक दलसँग सम्बन्धित भात् संघ- संगठनहरु- जनसंपर्क समिती, भारतीय नेपाली एकता समाज, प्रवासी संघ, एकता मन्च, मुल् प्रर्बाह, पशुपती नेपालीसमाज, गोर्खा कल्याण समिती, नेपाली युबा संघ लगायतबाट अझै कुनै चासो नदेखाएको आफन्तहरुको गुनासो छ।