बारा – बाराको कवही ८ संतगंजमा भैंसीले किचेर शनिबार बेलुकी एक
किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कवही ७ निवासी राजा यादवको ११ बर्षीया छोरी प्रर्मिला यादव रहेको
जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बेलुका भैंसी चराउने क्रममा भैंसी पोखरीमा पस्दा प्रमिला भैंसीबाट लडेकी थिइन् ।
सोही भैंसीले किचीएर प्रमिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।