आँशुको पोखरीमा डुवुल्की मारेर बसेका छन् प्रवासी नेपालीहरु

– कृष्ण के.सी.
अर्घाखाँची हाल कतार
 
देशको राजनीतिक ,सामाजिक र आर्थिक दुरावस्थाका कारण आज नेपाली यूवाहरु विदेश पलायन हुन बाध्य भएका छन् । देश आज यूवाबिहिन बन्न पुगेको छ । मुख्यतः आन्तरिक राजनीतिक आबस्थाका कारण यूवाबर्गमा विदेश पलायनको आबस्थाको सृजना उत्पन्न हुने गर्छ ।
 
पुरातनवादी सामन्ती सोच र अबैज्ञानिक शिक्षा प्रणालीका कारण प्रायःनेपाली यूवाहरुले आफूहरुले प्राप्त गरेको शिक्षा र सिपलाई सहि ठाउमा सहि तरिकाले उपयोग गर्न सकिरहेका छैनन् फलस्वरूप यूबा आवस्थामा आइपरेको परिवार पाल्ने जिम्मेवारीलाई साकार रुप दिन आफ्नो प्यारो मातृभूमिलाई छाडेर बिदेशी भूमिमा सिप र जागरलाई सस्तो श्रममा बिक्री गरिरहनु परेको छ । त्यसका लागि आफूसंग भएको सानो जग्गा र घरलाई घरेलु सामन्तका हातमा बन्धकीमा सुम्पिई विदेश पलायन हुनु पर्ने आबस्था दिनानुदीन वृद्धि भईरहेको छ । जसको काधमा रास्ट्रको समेत जिम्मेवारी रही आएको छ त्यहि यूवाबर्ग सदियौंदेखि विदेश पलायन हुनु पर्ने बाध्यताको सृजना कसरि भयो र यसरि यूवाबर्ग विदेश पलायन हुदा राष्ट्रले के पायो र के गुमायो भन्ने कुराको बोध जबसम्म यूवाबर्गमा पर्दैन तबसम्म यो परम्परा परम्परामा रहिरहने प्रायः निश्चित छ । सामान्यत परिवार पाल्ने मुख्य कारण भएपनि पुरानो पुरातनबादी सोचले हामी यूवाबर्गमा डेरा जमाएको छ /फलस्वरूप आफ्नो हातमा उचित शिक्षा र सिप भएर पनि आफ्नै देशमा त्यसको सदुपयोग गर्न सक्दैनौ । एउटा छिमेकी यूवा सामान्य साक्षर छ तर ऊ बिदेशमा बसेर पाखुरा बजारेको भरमा जति कमाउछ त्यति अर्थ कमाउन स्वदेशमा नसकेका कारण बाध्य भै उसलाई पनि विदेश जानु पर्ने वातावरणको सृजना भएको छ । 

भूपेरिबेश्ठित राष्ट्रका प्राय हरेक नेपालीहरु कृषिमा निर्भर रही बच्नु परेको छ । उद्धयोगधन्दा कलकारखानाको उचित विकाश नहुदा सम्म सामान्यत यूवा बर्गले रोजगारीको बाटो पाउदैन। देशको दिन प्रति दिनको बिग्रदो राजनीति अबस्थाको कारण उद्योग धन्दा कलकारखानाको बिकाश प्राय असम्भव रही आएको अबस्थामा कृषिमा आधारित कृषकहरु जसले पसिना बगाउछ,पाखुरा बजार्छ त्यस्ता किसानको हातमा जग्गा जमिन हुनुको सट्टा मुट्ठीभर सामन्त दलालहरुको हातमा जग्गाको हिस्सा कायम रहेको छ /उक्त जग्गामा पसिना बगाउने किसानले भू-मालिकलाई चित्त बुझाएर बाकी रहेको उब्जनीको भरमा कृषक जिउनु परेको तितो तर सत्य यथार्थमा त्यहि किसानका सन्तानहरु आफ्नो परिवार पाल्ने रहरमा विदेश पलायन हुनु परेको छ ।

एउटा सामान्य नागरिकले राज्यबाट पाउनु पर्ने सामान्य सुबिधाहरु के हु,जुन एउटा नागरिकको अधिकार भित्र पर्ने गर्छ,जसको लागि प्रत्यक बर्ष नागरिकले यो वा त्यो बहानामा राज्यलाई कर भुक्तानी गर्दै आएको हुन्छ त्यतातर्फ कुनै ध्यानै नदिई भएको ओतलाग्ने सानो छाप्रे घर र दुई चार महिनालाई खान पुग्ने दोयम, चाहार बर्गको जमिनको टुक्रा पनि नून-तेल र नाना पुर्याउने बाध्यतामा त्यहि भएको जग्गा जमिन पनि तिनै भूमालिकको हातमा धरौटीमा सुम्पिई विदेश तर्फ लग्नु परेको छ। विदेश पलाएन भैसकेपछि आफ्नो सिप र जागरलाई बन्दकीमा लगाएर पाएको श्रमको मूल्यबाट बर्षौंसम्म आफू आउदाको ऋणको सवा ब्याज तिर्न नसक्दा कैयौं नेपाली यूवाहरु कालान्तारसम्म बिदेशमै आशुको पोखरी बनाई त्यहि पोखरीमा डुबुल्की मार्दै बस्नु परेको यथार्थ रही आएको छ । 

उल्लेखित समस्याको अन्त्य कहिले ?समाधानको उपाए के र यो बध्यत्कारी अबस्थाको कारण के भन्ने बिषयमा प्राय हामी यूवाहरु मौन रहेको यथार्थलाई जबसम्म हामी यूवाहरुले बुझ्पचाइरहन्छौ तबसम्म यो बाध्यता रहिरहने पक्का निश्चित हो।
हामी यूबाबर्ग जसको हातमा तागत छ,शरीरमा रातो रगत छ त्यहि यूवाबर्गा जसले बिश्व हल्लाउने आँट गर्छ,विश्व बदल्ने अभिलाषा राख्छ त्यहि वर्ग बिदेशमा आएर पनि उही पुरानो पुरातनबादी सोंचमा अल्झिरहेका छौ,उनी दलालहरुका माखेसाङ्लोमा अल्झिरहेका छौ। पसिना खर्चेर,पाखुरा बजारेर तत्कालको लागि पाएको श्रमको मूल्यले साहुको ऋण चुक्ता होला,परिवारको नाना बदलिएला,छाप्रे घरको रुप फेरिएला तर यो नै दिर्घकालिन परिबर्तन भने पक्कै पनि होइन /जबसम्म दिर्घकालिन समाधानको रणनीतितर्फ आफूमा भएको पुरातनबादी सोंचलाई बदल्दैनौ तबसम्म यो यथार्थ रहिरहने छ र निरन्तरता लामो समय सम्म लम्बिरहने छ । घर संसार बदल्ने बिचारले हो न कि पैसाले यो यथार्थ जान्दाजान्दै पनि हामीहरु दिन रात पैसाको लागि मरिरहेका छौ तर रास्ट्रको लागि यहि बलिदानी भावना जगाउन आनाकानी गरिरहन्छौ आखिर किन ?

एउटा व्य क्ति जन्मिने केवल ऊ आफ्ना लागि मात्रै हो भने जाबो ४०/५० किलो तौल बराबर शरीर पाल्न पनि यति बिघ्न दुखको सास्ती व्यहोर्न पक्कै पनि पर्दैन /मानव सामाजिक प्राणी भएकोले एउटा व्यक्तिको पनि सामाजिक दायित्व रहेको हुन्छ त्यहि दायित्व बोधलाई मानवीय विश्व दृष्टिकोणले हेर्न सक्नु पर्छ,त्यो अभिभारा जब एउटा व्य क्ति यूबबर्गामा दरिन पुग्छ तब उसको काधमा जिम्मेबारीको बोध आफसेआफ स्वत आइपर्छ तेसैले त ऊ केवल ऊ मात्र रहदैन।

यूवा बर्गमा जति जोश,जाँगर र ताकत हुन्छ त्यति जोश,जाँगर र ताकत बालक र बृद्धमा हुदैन त्यसैले पनि समाजले यूवाबर्गलाई पत्याउछ र उसको आड भरोसा गर्छ तर त्यहि यूबा जब बिचारबाट भुत्ते हुन्छ तब उसंग त्यहि समाज वाक्क दिक्क पनि हुन्छ /त्यसैले पहिला हामी यूवाले बिचारलाई उचित शिक्षाको आरनमा पगालेर तिखार्न सक्नुपर्छ ताकी हाम्रा बलिया काँधले रास्ट्रको खातिर खम्बाको काम गरुन,विचारले संसारलाई हाँक दिने आँट गरुन । यसको सट्टा २१ औ शताब्दीका हामी यूवाहरु अझ पनि उही पुरातनबादी सोंच र सामन्तबादी बिचारमा ढलिमली गरि रहने हो भने हाम्रा समस्याहरु अझै झांगिएर भावी पिढीको लागि ऐजरू साबित हुनेछन।

यो वा त्यो पक्ष,विचार र भावनाबाट हामी सबै यूवाहरु सम्बन्धित छौ र यो बिदेशी धर्तीमा रहेर पनि सामाजिक कार्यको लागि यो वा त्यो संघ सस्थामा सम्बन्धित पनि छौ र रहनु पनि पर्दछ ताकी आफूमाथि आइपरेका तत्कालिन समस्याहरुलाई सामाजिक भावनाले हाल गर्न सकियोस तर हामीले के मात्र बिर्सनु हुदैन भने हामीले अहिले जे गरेका छौ र गर्ने प्रयासमा छौ त्यो तत्कालिन समाधानमा मात्र सिमित नहोस त्यसका लागि हामी जहाँ जे जस्तो अबस्थामा छौ त्यहि रहेर पहिला बिचारलाई तिखार्ने प्रयास गरौ ताकी बैचारिक बिध्रोहले दिर्घकालिन समाधानका उपाएहरु अबलम्बन गरुन । धन,पैसा,जग्गा ,जमिन र नोकरी केवल तात्कालिन समस्याका समाधानहरुका उपाएहरु मात्र हुन् /ति चिजहरु आज वा भोलि आफसेआफ हराएर जान्छन/दिर्घकालिन त त्यो हो जसले हाम्रो विचार बदलोस भावना बदलोस, संसार चिनावस ,जुन दिर्घकालिन बनिरहोस। ,त्यो भोलि पनि सकिदैन पर्सि पनि सकिदैन,केवल चिन्तन र मननको मात्र कुरा हो /त्यसैले हामी प्रशिक्षित हुने संघ संस्थाहरु पनि समय सापेक्ष प्रगतिशील भावनाले ओतप्रेत हुदै संगठनिक र सैधान्तिक हिसाबले दह्रा खुट्टा टेकेको हुने पर्दछ । 

आज हामीले अर्कैको भूमिमा अर्कैको स्रोत र साधनहरुको उपयोग गरि नजानिदो पारामा रमिरहेका छौ जब यो राष्ट्रले हाम्रो श्रमको आबस्यकता ठान्दैन त्यसबेला हामीले नचाहेर पनि कानूनी रुपमै यो भूमिबाट लखेटिनु पर्छ त्यसबेला हामीले जहाँ जन्म लियौ जहाँ हुर्कियर बलिया पाखुरा बनायौ त्यहि भूमिमा पैठेजिरी खेल्ने पर्छ त्यसबेला हामीले कमाएका नगद जिन्सी सबै सकिने छन् बाकी रहने भनेको केवल सिप र विचार मात्र हो त्यसैले यहाँ बस्नु पर्दा सम्म हामीले सहि सिप र विचारको विकास किन नगर्ने त ?त्यसकालागी हामीले खियाउने भनेको केवल विचार र चिन्तन मात्र हो भबिस्यको लागि र हाम्रा लागि हामीले हाम्रो बिचारलाई जति सक्यो त्यति प्रगतिशिल बिचारको तातो भट्टीमा होम्ने पर्दछ जुनभट्टीबाट प्रगतिशिल बिचारहरु खारिएर निस्कुन,जुन भट्टीबाट समाज र राष्ट्र बदल्ने विचारहरुका उत्पादन हुन् ।

नितान्त व्यक्तिगत बिचारबाट हेर्ने हो भने पनि हामी हरेक यूबहरुका मन मस्तिष्क हरेक समय परिवारसंग सम्बन्धित रहेको हुन्छ जुन परिवार बच्नको लागि समाजसंग रहेको हुन्छ त्यहि सिंगो समाज एउटा मुलुकको अधिनमा रहेको हुन्छ। त्यहि मुलुकको छायामा बच्न बिबस हामी मानिसले जबसम्म हाम्रो भन्ने भावनाबाट अझ माथि उठेर समाज र मुलुकको लागि केहि दिने प्रयास गर्दैनौ भने समाजमा जन्मनुको सार्थकता खोप्ज्नु पर्ने हुन्छ। राष्ट्रले हामीबाट केहि मात्रामा रेमिट्यान्स पाएको होला,परिवारले नाना चामल पाएका होलान तर त्यसको सदुपयोग कति भयो र दुरुपयोग कति कहाँ भयो त्यो पनि हेर्ने दायित्व हाम्रै काधमा छ त्यसैले हामीले हाम्र&#237