जापानद्बारा सूनामीको चेतावनीलाई हटाइएको

जापान मौसम विज्ञान एजिन्सीले आइतवार विहान गएको भूकम्पलाई सात दशमलब तीन रिक्टर स्केलसम्म परिवर्तित गरेको छ। यसका साथै प्रशान्त महासगरको समुद्र किनारी क्षेत्रमा पर्ने इवाते लगायतका जिल्लामा हुने सूनामी अर्थात् समुद्री लहर सम्बन्धि चेतावनीलाई पनि हटाइएको छ।

स्थानीय समय अनुसार, आइतवार विहान नौ बजेर सतानउन्न मिनेट जाँदा जापानको पूर्वी भागमा पर्ने समुद्रमा भूकम्प गयो। उक्त भूकम्पको केन्द्र जापानको मीयागी जिल्लाको समुद्री किनारबाट दुइ सय किलोमिटरमा पर्‍यो। हालसम्म उक्त भूकम्पबाट ल्याइएको जन धनको क्षति सम्बन्धि प्रतिवेदन सार्वजनिक गरिएको छैन।

भूकम्प गएपछि जापान मौसम विज्ञान एजिन्सीले इवाते, मीयागी लगायत प्रशान्त महानगरको किनारमा पर्ने क्षेत्रहरुलाई सूनामी हुने चेतावनी दियो। हालसम्म दश सेन्टिमिटर अग्लो सूनामी मात्र देखिएको बताइएको छ।

यसका अतिरिक्त, जापान टोकियो इलेक्टोनिक पाउवर कम्पनीले फुकुशीमा दाइची आणविक उर्जा स्टेशनमा असामान्य अवस्था देखा नपरेको जनाएको छ।