काठमाडौं – सरकारले एक दशकसम्म निरन्तर पत्रकारिता गरेका पत्रकारहरुको
पूर्ण जीवनको विमाको तयारी गरेको छ ।
पूर्ण जीवन विमाका लागि अर्थ मन्त्रालयले ५ करोड र सञ्चारमन्त्रालयले दुई करोड
जम्मा गरेर कोष निर्माण गर्ने योजना रहेको सूचना तथा सञ्चार मन्त्री अग्निप्रसाद
सापकोटाले जानकारी दिए ।
मन्त्री सापकोटाका अनुसार पत्रकारहरुबाट पनि केही प्रतिशत कोषमा जम्मा गर्ने
सोचाईमा आफूहरु रहेको बताए । त्यसका लागि सञ्चार सचिवको संयोजकत्वमा ९ सदस्यीय
समिति गठन गरेर काम समेत सुरु भइसकेको मन्त्री सापकोटाले जानकारी दिए ।
त्यस्तै पत्रकारिताको विकासको लागि तालिम र प्रशिक्षणको ब्यवस्था पनि
मन्त्रालयले गर्न लागेको जानकारी उनले दिए ।