शिक्षक नियुक्ति रोक्न राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चेतावनी

– शोभाखर पन्थी
 
असार २७ अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै शिक्षक नियुक्ति प्रकि्रया तत्काल रोक्न जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरेको छ ।

जिल्लामा लामो समयदेखि शिक्षक नियुक्ति प्रकि्रया पार्‍दर्शी हुन नसकेको प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षक नियुक्तिका लागि पछिल्लो पटक संचालित गतिविधिहरु बन्द गर्न जनमोर्चाले माग गरेको छ ।

राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बि सि नेतृत्वमा जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालमा पुगेका जनमोर्चाका नेताहरुले आफ्नो मागको वे-वास्ता गरेर शिक्षक नियुक्ति प्रकि्रया अगाडि बढाईएमा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका थिए ।

ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानि गर्दै जनमोर्चाका नेता शेर बहादुर बिसिले शिक्षा क्षेत्रमा हुने दलीय हस्तक्षेप र मनपरी तन्त्र रोक्नका लागि आफुहरुले अभियान सुरु गरेको बताए ।

ज्ञापन पत्र बुझाउन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी. जिल्ला अध्यक्ष झविलाल थापा सचिव थम्मन के.सी लगायतका नेता तथा कार्यकर्ता पुगेका थिए ।