यूएई डेस्क -कतार सहयोगी बाट-अन्तरास्ट्रिय नेपाली एकता समाजका महासचि राजेन्द्र श्रेष्ठ संग गरेको कुराकानी: विगत लामो समय देखि कतारमा बस्दै आउनु भएको राजेन्द्र श्रेष्ठ कतार नेपाली एकता समाजको पुरानो कार्यकर्ता हुनुहुन्छ । समाजले दिईएको विभिन्न जिम्मेवारीहरु पनि पुरा गर्दै आउनु भएको छ । भने आज उहा अन्तर्रर्ााट्रय नेपाली एकता समाजका महासचि जस्तो जीम्मेवारीमा हुनुहुन्छ । अर्घाखाँची डट्कम् का लागि विष्णु थापा संग गरेको छोटो कुराकानी ः-
प्रश्न ः- तपाई कतार आउनु भएको कति बर्षभयो ?
उत्तर ः- म कतार आएको २३ अप्रिल २००० मा हो अब तपाई नै भन्नुहोस कति भयो होला ।
प्रश्न ः- त्यो बेलाका नेपाली र आजका नेपालीमा के अन्तर छ, जस्तो लाग्छ ?
त्यो बेला कतारमा झण्दै ३५-४० हजारको हाराहारीमा नेपालीहरुको संख्या थियो भने आज ३ लाख भन्दा बढी नेपाली कतारमा कार्यरत छन। त्यतिवेला नेपाली साथिहरु भेटदा खेरी निकै रमाईलो लाग्थ्यो आफन्त नै भेटेको जस्तो हुन्थ्यो, एक अर्का विच परिचय गरिन्थ्यो नेपाल जाँदा चिठ्ठ पत्र र पैसाको भारी नै बोकिन्थ्यो उत्ताबाट आउँदा पनि साथीभाईको घरमा पसेर चिठ्ठ पत्र लगाएत कोशेलीको पोकाहरु लिएर आईन्थ्यो पर्ुवको साथी पश्चिम र पश्चिमको साथी पर्ूव सम्म पैसा, चिठ्ठ पत्र, सामन पूर्याउन जाने गर्दथ्यो भने आज त्यो अवस्था पटकै छैन । याहा त नेपाली साथिहरु भेटनुलाई काठमान्डौ मा जस्तै भएको छ तल्लो घर माथ्लो घरको दाजुभाई विदा जाँदा पनि भेटघाट हुँदैन । झोलामा पैसा र चिठ्ठपत्र बोक्ने कुरात इतिहास नै भाई सकेको छ । आज भोली त विभिन्न बैंक रिमिटेन्स र मोवाइलको विकासले गर्दा ति उहीलेको कुरा सबै खर्ुइली सक्यो । ऊ बेलामा अहिले जस्तो नेपाली दुतावास पनि थिएन अहिले जस्तो सयौको संख्यामा सामजिक संघ संस्था पनि थिएन । अहिले जस्तो विभिन्न क्षेत्रमा दक्ष कामदारहरु पनि थिएन ड्राभर सम्म त नेपाली पाउदैन थियो भने अहिले त तपाई हामीले प्रसस्तै नेपाली टेक्निसिन, तथा प्रविधिक दक्ष कामदारहरुको ठूलो संख्या नै छ । नेपाली जनको संख्या लगाएत नेपाली चेलीवेटीको संख्या र दक्ष कामदारको संख्या पनि धेरैनै भई सकेको छ त्यसैले यो कतार पनि नेपाल जस्तै भएको छ । कतिले भन्छन यो सानो नेपाल नै हो म पनि त्यसैमा सहमत छु ।
प्रश्न ः- यो नेपाली दक्ष कामदारलाई नेपाल भित्र्याउन के गर्नु पर्ला ?
हाम्रो देश विकास नहुनको मुख्या कारण नै दक्ष कामदारको अभाव हो कुनै पनि दक्ष कामदारहरुले अवसरहरु खोजीरहेको हुन्छ राम्रो अवसर, शान्ति सुरक्षा र लगानी मैत्रि बातबरण हुने हो भने यी दक्ष कामदारहरु अवस्य पनि नेपालमा र्फकने छ । तर यी अवसर विना र्फकन सक्ने सम्भावना छैन र विना अवसर फर्के पनि त्यसले कुनै प्रगति गर्न सक्दैन त्यसैले पहिलो त नेपाल सरकारले नै यी अवसरको उपलव्ध हुन सक्ने बातवरण बनाई दिनु पर्दछ ।
प्रश्न ः- कतार नेपाली एकता समाज को इतिहास सम्क्ष्िाप्तमा वताई दिनुहोस न ?
१८ नोभेम्बर १९९९ मा स्थापना भएको कतार नेपाली एकता समाजमा म कतार प्रवेशको केही दिन देखि नै नजिक भएर काम गर्ने मौका पाए त्यो बेलामा हामी थोरै साथिहरु भए पनि संगठनको विकासको लागि लगातार लागि नै रहौ त्यसैको फल स्वरुप आजको अबस्थामा आई पुगेको हो भन्ने मलाई लागेको छ तर विचमा २००८ पछि का केही बर्षकतार नेपाली एकता समाजको लागि नकरात्मक रुपमा वित्यो विषेश त लोभि, पापी, स्वर्थी र अवसरवादीहरुको प्रवेशका कारण त्यो समस्या आएको हो । अन्तत सत्यको जीत भएको छ । अव फेरी एकता बद्व तरीकाले एकता समाजलाई अगाडी बढाउँनका लागि समाजले तेस्रो सम्मेलनको घोषणा पनि गरिसकेको हुँदा अव सम्पर्ूण्ा न्ययप्रेमी प्रवासी श्रमजीवि नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई प्रवासी नेपालीहरुको प्यारो संगठन, अन्तर्रर्ााट्रय रुपमा नै सञ्चालन भएको कतारका लागि कतार नेपाली एकता समाजमा गोलबद्व भई सम्पर्ूण्ा प्रवासी नेपालीहरुको समस्या समाधानको बाटोमा अगाडी बढौ ।
प्रश्न ः- कतार नेपाली एकता समाजले सघींयताको विरोध किन ?
कतार नेपाली एकता समाजले मात्र होईन सचेत नेपाली नागरिकहरु सबैले नेपालको लागि संघीय प्रणाली गलत भएको हुँदा विरोध गरेका छन । नेपाल जस्तो सानो, गरिव, बहुभाषी, बहुजाति बहुधर्मी, र मिश्रीत बसोवास भएको देशको लागि संघीयता भनेको विष सेवन गर्नु बरावर हो तर हाम्रा ठूला पार्टर्ीीले आफुलाई सही नलागेको कुरा पछि मात्र थाहा पाए जतिबेला थाहा पए त्यतिबेलो उनिहरुको लागि ढिला भई सकेको थियो त्यसैले फरकै र्फकन त सक्दैन तर विस्तारै र्फकन बाध्य नै हुने छ किनकी यसको उदाहारण संविधानको नाम नेपालको संविधान मात्र रहने सहमति गरेको छ । जसको मुख्य कारण भनेको संघीयतामा भित्री आत्म नभएर नै होे ।
प्रश्न ः- अब प्रश्न बदलौ नेपालमा सविधान कहिले सम्म वन्ला ?
नेपालमा संविधान नबन्नुको तिन ओटा कारण छ एक संघीयता दर्ुइ ठूला पार्टर्ीीभत्रको अन्तरसंर्घष्ा तिन संविधान सभा नै मन नपराउने शक्तिहरु । पहिलोमा राष्ट्रिय जनमोर्चा बाहेक सबै पार्टर्ीी संघीयताको मोडेल चाहे पनि यि सबैले भनेको जस्तो आ-आफ्नो प्रकारको संघीयता बनाउन कुनै पनि हालतमा संभव छैन भने आफ्नो मोडेल छाडेर अर्काको मोडेलमा सहमति जनाउनु पनि यिनिहरुको लागि फलामको चिउरा चपाउनु सरहनै छ, किनकी सम्पूण देशको अवस्था लाई हर्ेदा कसैको मोडेल पनि ठिक छैन भने आ आफ्नो क्षत्रलाई मात्र हर्ेर्ने हो भने सबैको ठिक छ मधेशको लागि एक मधेश एक प्रदेश, तमाङ्गको लागि तामसालीङ्ग, मगरको लागि मगरत, नेवारको लागि नेवाः आदी आदी त्यसैले यीनीहरु सहमतिमा पुग्ने संम्भावना नै कम छ, त्यसैको कारण संविधान पनि बन्देजमा परेको छ । अर्को कुरा पार्टर्ीीभत्रको अन्तरसंर्घष्ाले पनि संविधानलाई सहमतिमा पुग्न दिने सम्भव कम छ । एउटालाई मन परे अर्को रिसाउने अर्को लाई मन परे अर्को रिसाउने उही कोही टिम्मुर नभए भागै नवस्ने कोही टिम्मुर भए भित्रै नपस्ने भनेको जस्तै छ । जे तेस्रो शक्ति छ जसलाई यो संविधानसभा नै ठिक छैन भने यसले बनाएको संविधान ठिक हुने त कुरै भएन जसरी भए पनि यसलाई समाप्त पारेर उही पुरानो संविधान विउताउने खेलमा छ । तर्सथ यो बेलामा संविधान यही मितिमा बन्छ भन्ने कुनै आधार देखिदैन ।
प्रश्न.. सविधान तिन वर्षसम्म नवन्नुमा कस्को दोस् छ होला ?
संविधानसभाले तिन बर्षसम्म पनि संविधान नवनाउनुमा विषेशत एकिकृत माओवादी सबै भन्दा बढी दोषी छन् भने काग्रेस, एमाले र मधेशबादी दलहरु पनि चोखा छैनन् जनताले बुझ्न जरुरी छ । जो दोसी हो उसैलाई जनताले ढिलो या चाडो कारबाही गर्ने छ ।
प्रश्न.. तपाई ६०१ जनामा पर्नु भएको भए यो अवस्थामा के गर्नु हुने थियो ?
म एक जना पर्दैमा केही हुने वाला छैन उही ज्यातिषेको उखान जस्तो म पनि यही खिचातानिमा रुमल्यर बसेको हुन्थ्यो ।
प्रश्न.. अव आउने सविधन कस्तो हुनुपर्ला ?
हामी त आमुल परिवर्तन सहीतको जनवादी संविधन को पक्षपाति हौं तर पनि अहिल्यको अवस्थामा त्यो संभव देखिदैन अहिल्य हामीले आशा गर्ने भनेको गणतन्त्रको संस्थागत, देश र जनताको व्यपक हित, देशको राष्ट्रियता र्सवभौमिकता र अखण्डतामा आँच नआउने खालको र प्रवासी नेपालीहरुको हक, हित, र रक्षाको ग्यारेण्टी भएको संविधान बन्नु पर्दछ ।
प्रश्न.. प्रश्न फेरि दाहोराऊ छु, संघीयता यो सविधानमा लेखीयो भने राष्ट्रले थेग्न सक्ला ?
संघीयता हाम्रो देशले थेग्न सक्दैन यदी संघीयता लादियो भने १५-२० बर्षा कित देश नै समाप्त हुन्छ कित संघीयता समाप्त हुन्छ । कसलाई प्रथामिकता दिने हो त्यो जनताले नै जान्ने छ र छान्न्ो छ ।
प्रश्न.. अन्त्यमा वैदेशिक रोजगारिमा हिडेका नेपाली युवाहरुलाई के भन्न चाहानु हुन्छ?
अब के भन्ने होर देशमै काम गर देशमै बस भनौं भने त्यस्तो बातवरण देखिदैन विदेश जान साथ टिपेर ल्याउन पाईन्छ भन्ने नसोचौ सचेत भएर बुझौ कुनै न कुनै प्रविधिक काम सिकौ अनि सम्पर्ूण्ा कुरा बुझेरमात्र विदेश आऊ कसैको ललाई फकाईमा नलागौ पछी पाउने दुःख लाई मनन गरौ अनि मात्र विदेश जाऊ विदेशमा आएपछि पनि आफ्नो देश परिवारलाई माया गरौं जाहा रहे पनि जन्मभुमिको विकास र प्रगतिको लागि सोचौ यही हो ।