ह्वाइट हाउसद्बारा पाकिस्तानलाई दिएको सैनिक सहायता रद्द

            अमेरिकी ह्वाइट हाउस कार्यालयका प्रमुख विल्यिम दालेले पाकिस्तानलाई दिइरहेको केही सैनिक सहायता रद्द गर्ने कुरा व्यक्त गर्नुभएको छ। उहाँले  अमेरिकी ब्रोडकाष्टिङ्ग कम्पनिको एउटा टेलिभिजन कार्यक्रममा उक्त कुरा बताउनु भएको हो।

अमेरिकी “द न्यु योर्क टाईम्स”ले  जनाएअनुसार, पाकिस्तानले अमेरिकी सैनिक तालिमकर्तालाई निष्काशन गरेकोमा पाकिस्तानलाई सजायँ दिन तथा सशस्त्र शक्तिलाई अझ बढी प्रहार गर्न र पाकिस्तानी सैनिक पक्षलाई दवाव दिनका लागि अमेरिकी सरकारले पाकिस्तानलाई लगभग असी करोड अमेरिकी डलरको सैनिक सहायता रद्द गर्ने निर्णय गरेको छ।

हाल अमेरिकाले हरेक वर्ष पाकिस्तानलाई लगभग दुइ अर्ब अमेरिकी डलर बराबरको सैनिक सहायता प्रदान गरेको छ।