पाकिस्तानको बतग्रामको उत्तरी जिल्लामा आत्मघाती बम विष्फोट गर्दा 6 जनाको मृत्यु हुनुको साथै 19 जना घाइते भएका छन् ।
श्रोतका अनुसार सोमबार बिहान साढे दश बजे स्थानीय पिएमएल-क्यू पार्टीको राजनीतिक भेला भइरहेको बेला उक्त आत्मघातीले बम विष्फोट गरेको हो ।
प्रहरीले घटनास्थललाई आफ्नो कब्जामा लिनुको साथै घाइतेलाई अस्पताल लगेको छ ।
हालसम्म आत्मघातीको बारेमा कुनै जानकारी प्राप्त भएको छैन र साथै उक्त घटनाको कुनै सङ्गठन या व्यक्तिले पनि जिम्मा लिएको छैन ।