सन्धिखर्कमा खानेपानीको समस्या समाधान हुने

– शोभाखर पन्थी

२०६८ आषाढ २८, मंगलवार  । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा देखा परेको खानेपानीको समस्या समाधान हुने भएको छ  ।

साना शहरी खानेपानि तथा सरसफाई आयोजनाको लागतमा बाँगी खोलाको पानी पम्पीङ्ग गरी प्रशोधन गरेर सन्धिखर्कमा वितरण गर्ने योजना मिलाए पछि सन्धिर्कमा खानेपानिको समस्या समाधान हुने भएको हो ।

उपभोत्ता समिती नगर विकास कोष र नेपाल सरकारको संयुक्त लगानीमा १३ करोड ६२ लाख ८६ हजार ९ सय ५४ रुपैयाँको लागतमा सम्पन्न हुने योजनाबाट करिव ३ हजार वटा धारा संचालन हुने जनाईएको छ ।

प्रसारण लाइन १ हजार ५ सय २० मीटर र विरतण लाईन ३० हजार २ सय ७५ मिटर रहेको योजनामा ५ सय क्युविक पानि संकलन गर्ने ३ वटा पोखरी समेत निर्माण गरिने जनाईएको छ ।

आयोजनाको एक समारोहका बिच सन्धिखर्कमा संझौता गरिएको छ । संझौता पत्रमा आयोजना प्रमुख कृष्ण राना नगर विकास कोषका कार्यकारी निर्देशक शुसिल ज्ञवाली स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेल सन्धिखर्क खानेपानि उपभोत्ता समितीका अध्यक्ष धर्मराज अधिकारी र सन्धिखर्क गाविस  सचिव जिवनारायण आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

आयोजना सम्पन्न भएपछि सन्धिखर्कमा पिउने पानीको लागि देखिएको समस्या वर्षौका लागि समाधान हुने जिल्ला खानेपानि तथा सरसफाई डिभीजन कार्यालयका प्रंमुख श्रवण कुमार उपाध्यायले बताए । आयोजना ३ वर्षमा सफल हुने बताईएको छ ।

साना सहरी खानेपानि तथा सरसफाई आयोजनाको फाईदा र यसका चुनौतिका विषयलाई लिएर आजै सन्धिखर्कमा अन्तर कि्रयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै खानेपानि तथा ढल निकास विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्यले स्वच्छ पिउने पानि पिउन पाउनु जनताको नैसर्गिक अधिकार भएको बताउँदै पउने पानिका लागि सरकारको मात्र मुख ताक्ने परिपार्टीको अन्त्य गर्नु पर्ने बताए ।

उनले योजना सम्पन्न गरेर मात्र नहुने बताउँदै योजनाको संचालन र रेखदेखको लागि स्वयं उपभोक्ताहरु न्ौ जागरुक हुनु पर्नेमा जोड दिए ।

सन्धिखर्क खानेपानि उपभोक्ता समितीका अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षता र शशीधर आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरे स्थानीय विकास अधिकारी पुव्य विक्रम पौडेल साना शहरी खानेपानि तथा सरसफाई आयोजना प्रमुख कृष्ण राना नगर विकास कोषका कार्यकारी निर्देशक शुशील ज्ञवाली जिल्ला खानेपानि तथा सरसफाई डिभिजन प्रमुख श्रवण कुमार उपाध्याय नेपाली कांग्रेसका जिल्ला सचिव बासुदेव आचार्य लगायतका बक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।