पाकिस्तानलाई सहायता दिने अमेरिकी नीति परिवर्तन नभएको हिलारी क्लिन्टनको भनाई

अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले हिजो पाकिस्तानलाई प्रदान गरिने असी करोड अमेरिकी डलर बराबरको सैनिक सहायतालाई स्थगित गर्ने निर्णयबाट अमेरिकाको पाकिस्तान सम्बन्धि नीति परिवर्तन भएको प्रतिविम्वित नभएको औंल्याउनुभयो।

हिजो यूरोपेली संघ अन्तर्गत कूटनीति तथा सुरक्षा मामिला सम्बन्धि उच्चस्तरिय पदाधिकारी क्याथरिन आशटनसँगसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा श्रीमती क्लिन्टनले उक्त कुरा भन्नुभएको हो।

थाहा भए अनुसार, गएको हप्तामा ओबामा सरकारले पाकिस्तान सरकारलाई प्रदान गरिने असी करोड अमेरिकी डलर बराबरको सैनिक सहायता स्थगित गर्ने निर्णय गरेको थियो। पाकिस्तानको अर्थ मन्त्रालयको प्रतिवेदन वमोजिम, जुन तीस तारिखका दिन दिइनुपर्ने उक्त रकम नपुगेकोले पाकिस्तानको यसै आर्थिक वर्षको आर्थिक घाटा कूल गार्हस्थ्य उत्पादनमा ओग्टने दर पाँच दशमलब तीन प्रतिशतसम्म उकासिएको छ।