– शेखर ढुंगेल, ओमाहा, नेव्रास्का
खोइ के खोइ के यो जिन्दगी !
कोइ भन्छन कर्कलो पानी
कोइ भन्छन चट्टान हो जिन्दगी
के हो के हो बुझ्नै गार्हो
कोइ भन्छन
दुइ दिने हो यो कहानी !
कोइ भन्छन सागर को छाल हो
कोइ भन्छन अविरल नदी हो
कोइ भन्छन
गन्तव्यहीन नियात्रा हो जिन्दगी !
बुझ्नै गार्हो के हो के हो
सबको रहेछ आफ्नै व्यथा नि !
कोइ भन्छन फूल हो जिन्दगी
कोइ भन्छन काडा भो जिन्दगी
रमाउने रमाई रहेछन
रुने रोइ रहेछन
कोइ भन्छन
दुइ दिने घाम छाया हो जिन्दगी
कोइ भन्छन दुख को भकारी हो जिन्दगी
कोइ भन्छन सुख को सागर हो जिन्दगी
के हो के हो खोइ ?
कोइ भन्छन हासो र रोदनको
दुइ पाटो बोकेको किताब हो जिन्दगी
बुझ्यो बुझ्नै गार्हो
कोइ भन्छन धुलो भो जिन्दगी
कोइ हन्छन सृस्टि को अनुपम
वृक्ष हो जिन्दगी
खोइ के खोइ के ?
बुझ्नै गार्हो के हो यो जिंदगी ।।