चुरे संरक्षणका लागि २० वर्षे योजना

– वीरेन्द्र केसी

अर्घाखाँची – चुरेक्षेत्र वन संरक्षण तथा व्यवस्थापनको लागि २० वर्षे व्यवस्थापन योजना अघि सारिएको छ । वन विनासले चुरे क्षेत्र बढदै गएकाले यसको रोकथामको लागि २० वर्षे कार्ययोजना ल्याईएको छ ।

 २० वर्ष भित्रमा जिल्लाको चुरे क्षेत्रलाई प्राकृतिक प्रकोप विहीन क्षेत्र बनाईने छ । जिल्लाको दक्षिणी भेगका गाविसहरुमा वन विनास हुदै गएपछि पहिरोले ठुला पहाड भत्किपछि बग्दै जाँदा अधिकाश वस्ती जोखिममा पर्दै गएका छन ।

जिल्लाको जलुके सिद्धारा ठाडा सिमलपानी सितापुर जुकेना सुवर्णखाल पटैटी पोखराथोक र मैदान गाविसका अधिकाश ठाउँहरु चुरे क्षेत्र अन्तरगत पर्दछन । वन विनासले यी गाविसका अधिकाश वस्ती नै खतरामा रहेकाले वन फडाँडीलाई तत्काल रोक लगाई संरक्षणका लागि २० वर्ष भित्रमा जिल्लालाई चुरे क्षेत्र जैविक विविधतामा धनी दिगो जीवन निर्वाह सहितको प्राकृतिक प्रकोप मुक्त क्षेत्र बनाउने उद्देश्य रहेको छ । जिल्ला वन कार्यालय र लुम्बिनी सामाजिक विकास केन्द्रको संयोजनमा जिल्लाका संभावित चुरे क्षेत्रहरुको एक महिने स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा ठुला रुख फडानीमा रोकथाम गरी चुरेवन क्षेत्रलाई संरक्षण गरिनुपर्ने उल्लेख  छ ।

जिल्लाको ५५ हजार ७ सय ५५ क्षेत्रफल वस्ती र वन चुरे क्षेत्रका कारण जोखिममा रहेका अध्ययन टोली प्रमुख केदार दाहालले जनाकारी दिए । अल्गा डाडाँ सहित दक्षिणी भेगका पावरा विक्रमसोता वठेनी भंगला सिमलपानी गैडे झिर्राअमराई ठाडादह चाक्ला हर्रे वर्रे चाक्ला लामाताल लगायतका मानव वस्तीका भागहरु जोखिममा उनलेृ बताए । सिद्धारा जलुके लगायतका गाविसमा छरिएर रहेको वस्तीलाई केन्द्रिकृत गरी वस्ती व्यवस्थापन गरी चुरेक्षेत्रको वनलाई रोकथाम गरिने छ । अर्घाखाँची र कपिलवस्तुको वन सीमाना विवादका सिमलपानी गाविसको अधिकाश वस्ती पहिरोका कारण वस्ती जोखिममा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

 दक्षिणी क्षेत्रमा भु-क्षय पहिरो नदीकटा तथा मरुभुमिकरणबाट हुने भु-साधनको ह्रासलाई २० वर्ष भित्रमा नियन्त्रण गर्ने लक्ष्य रहेको जिल्ला वन अधिकृत सुरेश िसंहले बताए । स्थानीयलाई कृषि व्यावसायमा सुधारका साथै वन उद्यमको लागि वैज्ञानिक वस्ती प्रणालीका लागि अध्ययन अनुसन्धान गरी चुरेक्षेत्रको जोखिममा रहेका वस्तीहरुलाई सुरक्षति स्थानमा बसोवासको व्यवस्था गरिने उनले बताए । साथै वन व्यवस्थापनको लागि पनि स्थानीयको सहभागितामा दृघकालिन रणतीति तय गरि बीस वर्षे कार्ययोजनामा अघि सारिएको छ ।

चुरे क्षेत्र विकासको लागि वास्केट फण्डको विकासका साथै एक वन उपभोक्ता समुह एक वन उद्यामको नीतिगत व्यवस्था गरी ३५ प्रतिशत चुरे क्षेत्रकै जीवन निर्वाह सुधारका लागि लगानी गर्ने नीति रहेको लुम्बिनी सामाजिक विकास केन्द्रका अध्यक्ष ईन्द्रमणी पौडेलले बताए । जंगल क्षेत्रमा जथाभावी खडक निर्माणमा र वन फडानीलाई नियन्त्रण गरी वस्तीलाई व्यवस्थापन गर्ने २० वर्षे कार्यायोजनामा उल्लेख गरिएको उनले बताए ।