|
|
अफगानिस्तानको दक्षिणी
क्षेत्रका प्रभावशाली नेता वालीलाई आफ्नै सुरक्षा प्रमुख सरदार मोहम्मदले गोली
प्रहार गरेका हुन् । ५० वर्षीय वाली कान्दाहार प्रान्तीय परिषद् प्रमुख
थिए । सुरक्षा अधिकारीका अनुसार कागजात देखाउन भन्दै मोहम्मद कडा सुरक्षा
व्यवस्था भएको वालीको घर मंगलबार बिहान पुगेका थिए । बाथरुमबाट निस्किनेबित्तिकै
वालीको टाउको र छातीमा उनी गोली हानेका प्रहरीले जनाएको छ । मोहम्मद पनि वालीका
अंगरक्षकबाट मारिएको सुरक्षा स्रोतले बताएको छ ।
अफगानी राष्ट्रपति कार्जाईले यो घटनाले आफगानी जनताको पीडा प्रतिविम्बित गरेको
बताए । उनी भाइको अन्त्येष्टिमा सहभागी हुन कान्दाहार गएका थिए। उनले भने, ‘सबै
अफगानी घरले घटनाबाट पीडा महसुस गरेका छन् ।’ वालीमाथि भ्रष्टाचार र लागूपदार्थ
कारोबारको आरोप लाग्दै आए पनि राष्ट्रपति कार्जाईले बचाउ गर्दै आएका थिए । वाली
आफैंले पनि आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । ‘कान्दाहार नियन्त्रण गर्नेले
पूरै अफगानिस्तान नियन्त्रण गर्न सक्छ,’ भन्ने पुरानो अफगानी भनाइ छ । त्यसैले उनको
यो क्षेत्रमा ठूलो प्रभाव थियो । समर्थकले पस्तुन अधिकार रक्षकको रूपमा मानेका थिए
।
वालीको शव नजिकैको अस्पताल लगिएको थियो । उनी अमेरिका र नेटो गठबन्धन फौजका सच्चा
सहयोगी थिए । त्यसैले विदेशी गठबन्धन फौज अधिकारीले उनीमाथिको आरोपको बेवास्ता
गर्दै आएका थिए । ‘अहमद वालीका आफ्नै खराब पक्ष थिए, तर कान्दाहारमा हामीले सँगै
काम गर्न सक्ने व्यक्ति उनी थिए,’ एक अमेरिकी अधिकारीले भने । नेटो फौजका अमेरिकी
जनरल डेभिड पेट्राइसले उनको हत्याको भत्र्सना गरेका छन् । ‘सुदृढ, थप सुरक्षित
अफगानिस्तानका लागि राष्ट्रपति कार्जाई सक्रिय छन्, उनको आफ्नै परिवारको यो दुःखद्
घटना निकै कठिन हो,’ उनले भने ।
मोहम्मदले आक्रमण गनर्ुको कारण नखुले र तालिवानले यो आक्रमणको दाबी गर्दै १०
वर्षे लडाइँमा यो ठूलो उपलब्धि भएको बताएको छ । कान्दाहारका राजनीतिकर्मी खालिद
पस्तुनले भने तालिवान दाबीको शंका गरेका छन् । तालिवानविरुद्ध लडाइँ जितेको दाबी
वालीले गर्दै आएका थिए । दाजुको सोचविपरीत उनी विदेश फौज आफैं चाहन्थे ।
यसअघि पनि वालीको पटकपटक हत्या प्रयास भएको थियो । पछिल्लो पटक २००९ मा उनी
चढेको गाडीमा आक्रमण भएको थियो । त्यसको अघिल्लो वर्ष उनी रहेको सरकारी भवनमा
बमसहित इन्धन टयांकर पड्काइएको थियो । तर उनी जोगिएका थिए ।
– एजेन्सी