लिबियामा सैनिक कार्वाहीको निरन्तरता दिन फ्रान्सको स्विकृति

फ्रान्सको राष्ट्रिय एसेम्बली तथा तल्लो सदनमा हिजो गरिएको लिबियामा सैनिक कार्वाहीको निरन्तरता दिने कि भन्ने मतदानमा बहुमतले उक्त निरन्तरतालाई स्विकार गरेको छ। यसले गर्दा लिबियामा चार महिनासम्म सैनिक कार्वाही गर्दै आएको फ्रान्सले निरन्तरता दिनको लागि तयार गरेको छ।

हिजै अल्जेरियाको भ्रमणमा रहनुभएका इटलीका विदेश मन्त्री फ्रान्को फ्राथीनीले इटली तथा अल्जेरियाले राजनैतिक उपायले लिबिया संकटको समाधान गर्न समर्थन गर्ने जानकारी दिनुभयो।

चालू वर्षको अप्रिल उन्नाइस तारिखका दिन फ्रान्सले सर्वप्रथम लिबियामाथि सैनिक प्रहार गरेबाट बहु मुलुकका सेनाले लिबियाको मामिलामा हस्तक्षेप गर्न शुरु गरेको थियो। फ्रान्सको संविधान वमोजिम, विदेशमा चार महिनासम्म सैनिक कार्वाही गरेपछि सरकारले कार्वाहिको निरन्तरता दिने कि भन्ने बारेमा संसदमा मतदान गर्नुपर्छ।