हामी नेपाली र नेपालका नेताहरु

– सालिकराम आचार्य

नेपालको राजनीतिलाई आम नेपाली जनताले के भन्ने  यसप्रकारको राजनीतिमा नेपाली जनताहरुले चाहेको के हो  नेपालको कानून के हो  संविधान के हो  गरीब नेपालीलाई न थाहा छ न त मतलब नै उनीहरु दुई छाक खानको लागि दिन रात परिश्रम गरिरहेका हुन्छन् । तर नेपाली राजनीतिक दलहरुले उनीहरुको दिनरातको परिश्रममा पनि प्रहार गरिरहेका हुन्छन् । जनतहरु के अझैपनि अन्जान नै छन् त यो एउटा प्रश्नको कुरा हो ।

तर नेपालको राजनीतिक दलहरुलाई कहिले होश आउने छैन । फेरिपनि हाम्रो विश्वास उनीहरुमाथि नै छ । जो कि गरीब होस् या धनी होस् जोसंग जति आउँछ सबै आफ्नो गोजी मात्र भर्ने बाहेक हाम्रा नेताहरुलाई केही थाहा छैन । के हामीहरुले यिनीहरुलाई चिन्छौ त  साहेद चिन्छौं । यिनी मुठ्ठीभरि नेताहरुको कारणले नेपालका अरु नेताहरु जो जनताको भलो चिताउछन उनीहरुलाई काम गर्न िदंदैनन् । सदन भित्र होस् या सदन बाहिर यी नेताहरुको भ्रष्ट प्रवृत्तीले गर्दा नेपालमा शान्ति आएर पनि टािढंदै गएको छ । यो त हाम्रो नेताको अलिकति मात्र दोष हो । यिनीहरु मध्ये कतिको त वर्णन गरिसाध्य नै छैन । यसैबीचमा काम गर्न खोज्ने नेताहरुको लागि यस्ता घूषखोरी नेताहरु बाधक बन्दछन । जो नेताहरु देशको लागि केही गरौं भनेर िहंडेका छन् उनीहरुलाई जनताले पनि साथ दिएका छैनन् किनकी जनताहरुसमक्ष उनीहरुको पहुँच पुग्न ती धृष्ट नेताहरुले रोक लगाई राखेका छन् । हामीले अब हाम्रो नेता कसरी चुन्ने यस कुराको हिसाब लगाउन अलि मुस्किल नै छ  किनकी यसप्रकारका नेताहरुले के कस्तो गतिबिधि गरेका छन भनि उनीहरुमाथि विश्वास गर्न मुस्किल परिरहेको छ । र को कस्तो छ भन्ने उनीहरुको निधारमा लेखेको त पक्कै पनि हुँदैन साथै कोही पनि मैले यस्तो गल्ति गरेको छु भनी अगाडि आउन चाहन्न । फेरी हामी के सोचेर उनीहरुलाई चुन्ने त  हामीले उसको नेतृत्वलाई विचार गरि भोट दिने गरेका छौं । के त्येा नेतृत्व नेपाली जनताको आकांक्षालाई पूरा गर्न जनताको माझमा खरो रुपमा उत्रेको छ त  कदापी आजसम्म छैन ।

तरपनि यसकोलागि हामीले के गर्नु त हामीले चुनेको नेतृत्व पनि विलाउँदै ओईलाउदै गए हामीले चुनेका नेताहरु माथि पुगेपछि जनताको पसिनाको कमाई भएसम्म नेपालको बैंक अझ बढि भए स्वीस बैंकमा थुसपार्ने काम मात्र गरेका छन् । उनीहरुलाई गरीबहरुको दरिद्रता देखिदैन एउटा सानो स्तरको नेतापनि आजको दिनमा पजेरोमा सयर गर्दै गरीबहरुको उपहास गरिरहेको हुन्छ् भने झन नेतृत्व तहमा पुगेको नेताको त के क्ररा नै भयो र अब कुरा हामी जनताको यानी मेरो र हजुरको हामीले सधै नेताहरुलाई गाली गरिरहन्छौ र फेरी उनैलाई नै हामीले आफ्नो सम्झन्छौ र चुनावमा भोट पनि उनैलाई दिएर सत्तामा पुर् याउछौं । र उनीहरुलाई हामीहरुले बारम्बार अज्माई रहेका हुन्छौं । तर उनीहरुको गल्ति भेट्टायपछि हामीहरुले उनलाई दूधबाट िझंगा निकाले र मिल्काए झैं मिल्काउनु पर्ने हो तर त्यसो नगरी हामीले उनलाई नेपाल आमाको काँधमा बसाली रहेका छौं र उनीहरुले पनि बे सरम बनि नेपाल आमाको काँधमा पिसाब गर्दैछन् । यस्ता प्रवृत्तीबाट परिसान भै बगेका नेपाल आमाका आँशु हामी नेपालीले नै पुछ्नु पर्छ । यी र यस्ताखाले प्रवृत्तिबाट नेपाल कहिले मुक्त होला  एक पटक जनताको आटले मुक्त भएको नेपाल फेरी यी फटाहा नेताहरुको कारण नेपाल झन दल-दलमा भासिदै गएको छ । संक्रमणकाल नै यति लम्बिदै गएको छ कि दलहरुलाई एउटा नेता चुन्न आफ्नो सम्पत्ति सकिएको जस्तो भैरहेको छ । यी दलहरुले नेपाललाई बेहाल मात्र बनाएनन् यो देशलाई िफंजीकरण गर्दैछन् । तर पनि नेपाली जनताहरुले केही नबुझे जस्तो गरी यिनै नेताहरुको पछि लागेका छन् । के अब हामी नै राजनीतिलाई गालि गर्न छोडी यी नेताहरुको टुप्पी छोप्न सक्दैनौं र  ०४६ साल र ०६२,०६३ सालको जस्तो आन्दोलनमा हामी नेपाली नै बढ्नु पर्ने स्थिती फेरी आईसक्यो । सबै नेताहरुलाई कुसर्ी मात्र चाहिएको छ । कोही कसैको साथ दिएर एकताबद्ध भै देश चलाउन चाहन्न । सबैले आ-आफ्नो दूनो सोझ्याउन लागि परेका छन् ।

गरीबले के चाहेका छन र धनीले के चाहेका छन् त्येसको यी नेताहरुलाई कुनै चासो नै छैन । उनीहरु आपुू र आफ्नो पाटीको नियम भनि नेपाली जनतामाथि अराजकताको खेल खेलिरहेका छन् । यस राजनीतिको बाटोलाई पार गर्नको लागि हामीहरु टाढा बसेर राजनीतिलाई गाली ग र्न पाउँदैनौं । किनकी यिनीहरुलाई साथ पनि हामीले नै दिएका छौं  र यिनीहरुको निस्तानाबोध गर्ने पनि हामीहरु नै हौं । अब हामीहरु चुप लागेर बस्नु हुँदैन बिदेशमा बस्ने ९५% युवाहरु अब आक्रोसित भएका छन् । ५% युवाहरुलाई पँूजीपति बन्ने रहर चढेर गैह्र जिम्मेवारीपूर्ण कार्य गरेतापनि बाँकी युवाहरु देशको लागि चिन्तित छन र प्रश्न पनि यहि छ कि हामी गरीबहरुलाई नेपालको सरकारले के गर् यो र के गर्न सक्छ  हामीहरुले के बुझ्नु पर्छ भने देशले हामीलाई के दियो भन्दा पनि हामीले देशको लागि के गर्न सक्छौं यस्ता कुरा सोच्नु आवश्यक छ । हामीहरुले देशलाई िफंजीकरण हुनबाट जसरी पनि बचाउन पर्छ र यो हाम्रो जिम्मेवारी पनि हो । जसको लागि हामी सम्पूर्ण नेपालीहरु नै एक भएर नेपालको भ्रष्ट राजनीतिलाई सुधार्न कम्मर कसेर लाग्नु पर्ने बेला आएको छ र यी भ्रष्ट नेताहरुलाई पाठ सिकाउन जरुरी भै सकेको छ ता कि भोलि गएर उनीहरु भ्रष्टाचार गर्न अगुल्टोले हानेको कुकुर जस्तै बनून् ।