कोरियामा भारी बर्षाको कारण १५ को मृत्‍यु, सयौ बिस्तापित

In this photo taken Sunday, June 26, 2011, South Korean firefighters prepare to pull out bodies from a vehicle which was swept away by heavy rains near a stream in Miryang, South Korea. Strong wind and rain from a typhoon knocked out power and disrupted domestic flights in South Korea, officials said Monday. (AP Photo/Yonhap) KOREA OUT
                                                                                                                    AP Photo/Yonhap /Arghakhanchi.Com
 
– कर्ण जंग रायमाझी

हप्ता भरी परेको मुसल्धारे पानीको कारण कोरियाको बिभिन्न ठाउँमा क्षति भएको छ। भारी बर्षाको कारण  पन्ध्र जनाको मृत्‍यु भएको छ, भने पाँच जना बेपत्ता र सयौ ब्यक्ति बिस्तापित भएका छन । यसैगरी एक सय पचास घर तथा सयौ हेक्टर कृषि योग्य जमिन डुबानमा परेको छ भने कयौ सडकहरु क्षतिग्रस्त भएका छन्।      

यसैबिचमा राज्य मौसम् एजेंन्सीले लगातार पर्ने मुसल्धारे पानीले अझ बढी क्षती हुन सक्ने अनुमान लगाएको छ । । सातौ र आठौ महिना  कोरिया को अधिक पानी पर्ने मौसम् हो। पानि सनिबार सम्म पर्ने पनि याहा को मौसम बिभाग ले जनाएको छ ।  अहिलेको  पानि सबै भन्दा धेरै परेको जनाएको छ ।