अर्घाखाँचीमा तत्कालका लागि शिक्षक नियुक्ती प्रकृया रोक्न साना ६ दलको चेतावनी

यूएई डेस्क) – जिल्ला स्थित अर्घाखाँचीडट्कमको बिशेष स्रोतबाट प्राप्त समाचारमा जनाए अनुसार तत्कालका लागि शिक्षक नियुक्ती प्रकृया रोक्न जिल्लामा क्रियाशिल ६ दलले जिल्ला शिक्षा कार्यालयलाई चेतावनी दिएका छन् ।
 
हिजो अर्घाखाँची डट्कम् तथा अर्घाखाँची स्थित बिभिन्न संचारमाध्यममा प्रकाशित-प्रसारित समाचारमा अर्घाखाँचीका बिधालयमा रिक्त रहेका शिक्षक कोटा बाड्न पार्टीहरुको गोप्य छलफल  श्रीर्षकको समाचारलाई ध्यानमा राख्दै आज जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा जिल्लामा कृयाशिल साना ६ दलले सयुक्त रुपमा ज्ञापन पत्र दिदै यस्तो चेतावनी दिएका हुन।
 

यसरी सयुक्त रुपमा ज्ञापन पत्र दिने दलहरुमा  नेपाली जनता दल, राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले र राष्टिय जनमुक्ति  पार्टी अर्घाखाँची रहेका छन।

राजनितिक पार्टीहरुको दवाबमा जिल्ला शिक्षा कार्यालयले पार्टीका कार्यकर्ताहरुलाई भर्ती गर्न लागिएको भन्दै उनीहरुले स्वस्थ प्रतिष्प्रधा हुने वातावरण नवन्दा सम्मको लागि उक्त प्रकृया रोक्न समेत माग गरेका छन् ।

पार्टीका कार्यकर्तालाई भर्ना गर्ने कार्यमा जिल्ला शिक्षा कार्यालयको समेत मिलेमतो रहेको भन्दै ती पार्टीहरुले प्रकृया अगाडि वढाइए कडा आन्दोलन गर्ने चेतावनी समेत ति दलले दिएका छन् ।


 
                             यसभन्दा अगाडि प्रकाशित समाचार तल गएर हेर्न सकिनेछ  :