यो मन चंचल हुन्छ आज (गित)

भिम बहादुर बस्नेत
अर्घाखाँची,नेपाल
हाल दोहा कतार

—————————————–
“किन  किन  यो  मन चंचल  हुन्छ  आज

जवानीको रङ चढयो की लाग्न थाल्यो लाज

मग मग बासना चल्यो फुलबारीको माझ

आएर बास बसौ कि झै लाग्छ त्यहीं  साँझ”

*****        ******       ******

बैशको  बेला  यो  मन  खै  के  के  माग्छ

बसमा छैन यो तन उढेर  टाढा टाढा भाग्छ

लौन कोही भन मलाई काउकुती किन लाग्छ

भुन भुन गर्दै पापी भमरा  मलाई नै ताक्छ

******        ******       ******

यो धरती,आकाश र त्यो निलो गगन

खुशी छन सारा झरना,खोला र पबन

जिस्क्याउँछन चुलबुले भै मलाई नै झन

बादल झै आकाशमा उडन खोज्छ यो मन

*******     ******      *******

लौन कोही बनी देऊ जिन्दगीको सहारा

हात  समाई  सँगै  घुम्ने  लाग्यो नि रहर

आऊ बसाउँ  हाम्रो  सुनौलो  घर  संसार

ढुकुरको  जोडी  झै  बसौला  चारै  प्रहर