लिबिया सरकार विरोधी पक्षद्बारा कुनै पनि विदेशी स्थले सेनाबाट सहभागी गर्न खोज्न विरोध

लिबिया सरकार विरोधी पक्षको सैनिक पक्षका प्रवक्ता अहमेद बार्नीले  लिबियाको पूर्वी शहर बान्गहाजी banghazi मा बोल्दै सरकार विरोधी पक्षले कुनै पनि विदेशी स्थले सेनाले लिबिया युद्धमा मुछिनेतर्फ विरोध गर्न चाहन्छ भन्ने कुरा बताउनुभएको छ।

श्री अहमेद बार्नीका अनुसार सरकार विरोधी सशस्त्र शक्ति,लिबियायी जनता,”राष्ट्रिय संक्रमण समिति” सबैले नै सम्पूर्ण रुपमा विदेशी स्थले सेनाले लिबिया युद्धमा मुछिन विरोध गरेका छन। सरकार विरोधी सशस्त्र शक्तिले हाल कच्चा तेलको उत्पादन गर्ने शहर बरेगाबाट साठी किलोमिटर टाढा भेला गरिरहेको छ।

यसबाहेक लिबियाको सरकार विरोधी पक्षका प्रवक्ता अबदेल हाफिज गहोगाले हिजो बताउनुभएअनुसार सरकार विरोरी सशस्त्र शक्तिले केही दिनभित्रमा बरेगा शहरमा प्रवेश गर्ने छ। हालसम्म विरुद्ध पक्षले लिबिया संकटको समाधान गर्ने कुनै पनि राजनैतिक सुझाव प्रस्तुत गरेको छैन। श्री अबदेल हाफिज गहोगाले बोल्दै वर्तमान लिबियाका नेता गादाफी र उहाँका परिवार लिबियाबाट छोड्ने खण्डमा मात्र सरकार विरोधी पक्षले सम्बन्धीत राजनैतिक सुझावको स्वीकार गर्न सक्छ भन्ने कुरा बताउनुभएको छ।