– शोभाखर पन्थी
साउन-२ अर्घाखाँची । सरकारी कार्यालयले सुचना अधिकृतको व्यवस्था नगर्दा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट सेवा लिने सेवा ग्राहीहरुले निकै ठूलो सास्ती व्यहोर्नु परेको छ ।
सरकारले सुचनाको हकको लागि भन्दै सुचना अधिकृतको व्यवस्था गर्न ४ वर्षअघि नै निर्देशन दिएको भएपनि सरकारी कार्यालयका कर्मचारीको ढिला सुस्ती र लापारवाहीका कारण सुचना अधिकृतको व्यवस्था नहुदा स्थानीय बासिन्दाहरु प्रभावित भएका हुन् ।
सदरमुकाममा जिल्ला प्रशासन जिल्ला विकास समिती र जिल्ला वन कार्यालयमा सुचना अधिकृतको व्यवस्था गरिएको भएपनि अन्य सरकारी कार्यालय र संघ-संस्थाहरुले केवल कागजमा मात्रै सुचना अधिकृतको व्यवस्था गरेका छन् ।
जिल्लामा मालपोत कार्यालय नापी कार्यालय सिंचाई कार्यालय महिला विकास कार्यालय जिल्ला न्याधिवत्ताको कार्यालय कृषि विकास कार्यालय कोष तथा लेखा नियन्त्रण कार्यालय भु-संरक्षण घरेलु लगायतका सरकारी कार्यालयका ४२ वटै गाऊ विकास समितीका कार्यालयहरुमा सुचना अधिकृतको व्यवस्था हुन नसक्दा सुचना पाउने अधिकारबाट बिाचत हुनु परेको स्थानीय बासिन्दाको गुनासो छ ।
सर्बसाधारण स्थानीय बासिन्दा मात्र होईन संचारकर्मीहरु समेत सुचनाको हकबाट बन्चित हुँदा समाचार सम्प्रेषण र प्रसारणमा बाधा पुगेको बताउँछन् ।
सरकारी कार्यालयले उपलब्ध गराउने सुचनाको हकबाट सर्वसाधारण बिाचत हुनु परेकोमा राजनीतिक द लका नेताहरु समेत असन्तुष्ट छन् । नेकपा एमाले जिल्ला प्रचास विभाग प्रमुख प्रेमनारायण गैरेले जनताले चाहेको बखत तत्कालै सुचना उपलब्ध गराउनु सरकारी कार्यालयको पहिलो कर्तव्य भएको बताए ।