भारतको सुरक्षा विभागबाट मुम्बाईको श्रंखलाबद्ध विस्फोटन घटनामाथि जोडतोडका साथ छानबिन

            भारतको मौद्रिक केन्द्र मुम्बाईमा 13 तारिख बेलुका गराइएको बम विस्फोटनबाट 19 जनाको मृत्यु हुनुका साथै 1 सय 30 जना भन्दा बढी घाइते भएका छन्। त्यसपछि केही दिनदेखि यता भारतको सुरक्षा विभागले सारा मुलुकका विभिन्न क्षेत्रमा उक्त आक्रमणमा संलग्न भएका संदिग्ध व्यक्तिहरुमाथि छानबिन गरिरहेको छ।तर हालसम्म यस बम विस्फोटन गराउने व्यक्ति वा सङ्गठन पत्ता लगाउन सकेको छैन।

स्थानीय संचार माध्यमबाट प्राप्त जानकारीका अनुसार भारतको सूचना विभाग र आतंकवादको प्रतिरोधी प्रहरी सेनाले संयुक्त कार्वाही गरेर थुनिएका संदिग्ध आतंकवादीलाई सोधपुछ गर्नु बाहेक पहिले भएको नामावलीमा भएका संदिग्ध आतंकवादीहरूको आबासमा पनि आकस्मिक रुपमा जाँझबुझ गरेको र केहीलाई पक्राउ गरेको छ।