भारत पाकिस्तानबीच यसै महिनाको अन्तमा विदेश मन्त्रीस्तरीय छलफल हुने

            पाकिस्तानले नयाँ दिल्लीमा भारतसँग गर्ने भनेको विदेश मन्त्रीस्तरीय छलफल तोकेको समयनुसार नै यसै महिनाको अन्तमा गर्ने बताएको छ ।

पाकिस्तानकी विदेश मन्त्री हिना रब्बानी खारले सो दुई पक्षीय मन्त्रीस्तरीय छलफलमा पाकिस्तानी समूहको नेतृत्व गर्ने विदेश विभाग प्रवक्ता तहमिना जनुजाले बताइन् । साप्ताहिक प्रेस सम्मेलनमा प्रवक्ताले यसै महिनाको अन्तमा भारतको राजधानिमा छलफल हुने तर कुन दिन भन्ने बारे तोकि नसकेको बताइन् ।

साथै उनले वार्तामा हालसालैको मुम्बाई आक्रमण तथा आतङ्कवाद विरुद्ध लड्न सहकार्य बढाउने विषयमा छलफल हुने पनि बताइन् ।