अब्बासद्वारा इजरेलसंग पुनः वार्ता गर्न तयारी भइरहेको कुरा व्यक्त

प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष मुबारक मोहमद अब्बासले हिजो निरन्तर रुपमा मध्य-पूर्वको शान्तिपूर्ण प्रगति कायम गर्न लाग्नुका साथै इजरेलसंग पुनः वार्ता गर्न तयारी गरिरहेको बताउनु भएको छ।

श्री अब्बासले सोही दिन नर्वेको ओस्लोमा मध्य-पूर्वको शान्तिपूर्ण प्रगति सम्बन्धी विषयबारे नर्वेका विदेश मन्त्री जोनास गाहर स्टोएरेसंग भेट-वार्ता गर्दै इजरेलसंग पुनः वार्ता गर्नु र प्यालेष्टाइनले संयुक्त राष्ट्र संघको सदस्य मुलुकको स्थान प्राप्त गर्न खोजेको कुरा बीच अन्तर्विरोध नभएको बताउनुभएको छ।