अतिक्रमणमा सन्धिखर्कको शान्ति बगैँचा

– शोभाखर पन्थी

साउन ४ अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको शान्ति बगैंचा अतिक्रमणमा परेको छ । स्थानीय बासिन्दाको लाहापर्वाही सरकारी अतिक्रमण र अनविज्ञताका कारण शान्ति बगैंचा अतिक्रमणमा परेको हो । 

वि.स. १९९० सालमा सन्धिखर्क-९ निवासी पुनाराम सार्कीले करिब ५० रोपनी निजि जग्गामा १ हजार ५ सय आँपका विरुवा लगाएर १५ वर्ष सम्म बिरुवाको संरक्षण गरी बगैंचामा यज्ञ गरी गाईलाई नुन खुवाएर बगैंचा सार्वजनिक गरेका थिए ।

सार्की जातिले लगाएको बगैंचा भएकाले सार्की बगैंचाको नामले चिनिने बगैंचाको नाम ४ दशक यता शान्ति बगैंचा राखिएको स्थानीय बासिन्दाहरुको भनाई छ । २००५ सालमा सार्वजनिक गरिएको शान्ति बगैंचा जिल्लामा प्राकृतिक र वातावरणीय दृष्टिबाट मात्रै नभइ सामाजिक आर्थिक र राजनितिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । बर्षादको समयमा लटरम्मै पाक्ने बगैंचाका आँप खानका लागि अर्घाखाँचीका अतिरिक्त गुल्मी पाल्पा प्यूठान सम्मका मान्छेहरु आउने गरेको बुढापाकाहरुको भनाई छ । 

शान्ति बगैंचामा राजनिति दलहरुले पार्टीका ठूला-ठूला सभाहरु सम्पन्न् गर्नको लागि प्रयोग गर्नुको साथै साधु सन्त र गुरु महात्माहरुले ध्यान गर्न र साहित्यिक श्रष्टाहरुले साहित्यको रचनाको लागि समेत प्रयोग गर्दै आएका थिए ।

२०३१ सालमा सन्धिखर्कमा सदरमुकाम आए पछि बगैंचा विनासका दिनहरुको सुरुवात भएको बगैंचा बसाल्ने पुनारामका नाति बुद्धिराम नेपालीको भनाई छ ।

२००५ सालमा पुनाराम सार्कीले सार्वजनिक गर्दा करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको बगैंचा अहिले करिब ३० रोपनीमा खुम्चिएको छ । सानो आकारमा खुम्चिएको बगैंचालाई पनि स्थानीय बासिन्दाहरुले कन्टिनरका रुपमा प्रयोग गर्दा कुरुप बनेको छ । सन्धिखर्कका केही टाठा-बाठा भनाउँदा धनी मानीहरुले भत्काएका घरका अवशेषहरु घडेरी खनेको माटो घरायसी प्रयोजन र उद्योग धन्दाबाट निस्किएको फोहर मैला ल्याएर थन्काउने ठाँउका रुपमा बगैंचालाई प्रयोग गर्दै आएका छन् ।

 ३० रोपनी जग्गामा सिमित भएको बगैंच भित्र पाचायन मन्दिर र होम कुण्ड बनाइएको छ भने शान्ति धर्मशाला निर्माणाधिन छ । बगैंचा भित्र मन परी ढङ्गबाट भारी उपकरण साचालन गरेर बगैंचाको भु-बनोट बिगार्नमा स्थानीय समान सेवी बताउनेहरु नै उद्यत रहेको बगैंचाका निर्माण दाता नेपाली परिवारको गुनासो छ । 

३० रोपनी बाहेकको अतिक्रमणमा परेको बगैंचामा आयुर्वेदिक कार्यालय घरेलु तथा साना उद्योग विकास समिति जिल्ला विकास समितिको आवास गृह जिल्ला प्रहरी कार्यालय सन्धिखर्क गाविस ब्याड मिन्टन हल सामुदायिक विकास केन्द्र उद्योग वाणिज्य संघ निर्माण व्यवसायिक संघ बौद्धिक धर्म परिषद् जिविस गेष्ट हाउस लगायत केही व्यक्तिहरुका घर समेत निर्माण  भएका छन् ।

सदरमुकाममा शहरीकरण बन्दै जानु जनसंख्यामा तिव्र वृद्धि हुनु र पछिल्ला दिनहरुमा सन्धिखर्क नगरपालिका समेत बनेको अवस्थामा बगैंचाको महत्व झनै बढेर गएको छ । बगैंचा भित्र दुवो पुूलहरु लगाउने फोहर गर्नबाट बिाचत गर्ने पुराना आँपहरुको संरक्षण गर्ने नयु बिरुवा लगाउने जस्ता काम गर्नूका अतिरिक्त बगैंचालाई उद्यान र पार्क बनाएमा शान्ति बगैंचा जिल्लावासीको लागि सुच्चै शान्तिको अनुभुति दिलाउने शान्ति स्थल बन्ने बद्धिजिविहरुको भनाइ छ । तथापि स्थानीय निकाय संघ संस्था राजनितिक दलहरु लगायत कसैको पनि ध्यान पुग्न नसक्दा दिनप्रतिदिन शान्ति बगैँचा अतिक्रमणमा पनुर्ँका साथै दुषित समेत बनेको छ ।

अचानोको मर्का खुकुरीलाई थाहा हुदैन भने झै आफ्ना साना घडेरीका टुक्रालाई लाखौँ पार्ने र सामाजिक कामका लागि एक हात जग्गा गुमाउन नसक्ने समाजसेविहरु एउटा दलित परिवारले समाज सेवाका निम्ति गरेको निर्माण गरेको यो शान्ति बगैँचाप्रति बेखवर छ । नयाँ सीर्जना र निर्माण गर्नु त परै जाओस् निर्माण गरिएको बगैँचाको समेत संरक्षण गर्न नसकि लाचार बन्ने राजनीतिक दलहरु स्थानीय निकाय र नेपाल सरकारप्रति चौतर्फि दवाब सीर्जना गर्नु पर्ने स्थानीय बुद्धिजिविहरुको भनाई छ ।