लिबियाको विपक्षी सशस्त्र शक्ति र सरकारी सेना बीच हिजै तेल स्रोत भएको एल-बाराका शहरमा भिषण भिडन्त भएको छ। जसबाट विपक्षी सशस्त्र शक्तिका नौ जनाको मृत्यु हुनुका साथै एक सय तेह्र जना घाइते भएका छन्।
लिबियाको विपक्षद्वारा नियन्त्रित “स्वतन्त्र लिबिया”टेलिभिजनका अनुसार, सरकारी सेनाले एल-बाराका शहरमा चालीस हजार वटा भन्दा बढी भूमिगत माइन राखेको छ। जसबाट विपक्षी सशस्त्र शक्तिका तत्वहरु हताहत भएका छन्। विपक्षी सशस्त्र शक्तिले अस्ति एल-बाराकाको पूर्वी ढोकालाई आफ्नो अधिनमा राख्नुका साथै सरकारी सेनासँग साँगुरो सड्कमा भिडन्त गरेको छ।
तथापि लिबिया सरकारका प्रवक्ता मौसा इब्राहिमले हिजो लिबियाको राजधानी ट्रिपोलीमा आणविक अस्त्रको प्रयोग नगरेसम्म एल-बाराकाको कब्जा नलिने कुरामा जोड दिनुभएको छ।