९ हजार विरुवा वितरण

अर्घाखाँची – जिल्ला कृषि विकास कार्यालयले कृषकहरुलाई विभिन्न थरीका फलफुलका ९ हजार विरुवा वितरण गरेको छ ।

 जिल्लाका गाउँका कृषकहरुलाई यस पालि ठाउँ अनुसार उत्पादन हुन सकने खालका विरुवा वितरण गरिएको छ । जिल्लालाई फलफुलको पकेट क्षेत्र बनाउने उद्देश्य अनुसार विरुवा वितरण गरिएको हो । जिल्ला कृषि विकास अधिकृत यामनारायण देवकोटाका अनुसार सुन्तला कागतीजुनार आँप लिची गरी करिब ९ हजार विरुवा कृषकहरुलाई वितरण गरी सकिएको छ ।

 जिल्लाको पडेना अर्घातोष पटौती खनदह लगायतका गाविसमा अत्यधिक सुन्तला उत्पादन हुने भएकाले स्थान्ीय स्तरमै सुन्तलाका विरुवा गाउँमै तयारी भैसकेका छन । जिल्लाकै सबै भन्दा पणेनामा बढी सुन्तला उत्पादन हुने क्षेत्र भएकाले यहाँ लगायत अन्य गाउँमा १छ हजार जति सुन्तलाका नयाँ विरुवा रोप्ने तयारी भएको छ ।

पणेनाको सिम्लेका कृषकले यसपालि सामुदायिक वनमा समेत सुन्तलाका विरुवा रोप्ने तयारी भैरहेको कृषक रामप्रसाद भटराईले बताए ।  

 

                                             Editor Birendra KC contributed to this report.