सुवर्णखालका दुर्गम वस्ती झिलिमिली

– वीरेन्द्र केसी

अर्घाखाँची – गाउँलेहरुकै प्रयासमा यहाँका दुर्गम गाउँका वस्तीहरु झिलिमिली भएका छन । लघु जलविद्युत परियोजनाले जिल्लाको सुवर्णखालका पाँच गाउँमा विजुली बलेको छ ।

दुर्गम वस्ती मानिने सुवर्णखाल लघुविद्युत योजनाबाट गाउँ उज्यालो भएको छ । सदरमुकामबाट करिब ६५ किलोमिटर दक्षिणमा पर्ने सुवर्णखाल गाविसको वडा नम्बर १ का साउटोला चौघरी गाउँ र २ को अधिकारी टोल भौयाचौर र मिलनचोक गाउँका वस्तीहरु झिलिमिली भएका छन ।

स्थानीय मान्द्रे खोलाबाट उत्पादन भएको वडार लघु जलविद्युत परियोजनाबाट  उत्पादन भएको ८ किलोवाट बिजुली मध्ये अहिले गाउँमा ५ वाट मात्र खपत भएको छ । वाँकी विजुली खवत हुन वाँकी छ । पाँच गाउँका २ सय ५० घर परिवारले २४ घण्टा विजुली बाल्न पाएपछि उनीहरुमा खुसी र उमङ छाएको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र उर्जा क्षेत्र सहयोग कार्यक्रमको आर्थिक तथा क्षेत्रीय नवीकरण उर्जा सेवा केन्द्र रेडा पाल्पाको प्राविधिक सहयोगमा गाउँमा विजुली बलेको हो । विजुली  गाउँका प्रत्येक घरपरिवारले ५ हजारका दरले रकम संकलन गरेका थिए ।

गाउँलेहरुका अनुसार आयोजना सम्पन्न गर्न २० लाख रुपैयाँ जति खर्च भएको थियो । गाउँमा विजुली बाल्न ३ वर्षसम्म निरन्तर जनश्रमदान गरेका थिए । २०६५ सालबाट काम शुरु भएको परियोजनाको काम हालै सम्पन्न भएपछि सबैका घर घरमा विजुली बलेको थियो । गाउँमा विजुली बाल्नको लागि केन्द्रले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए भने  १० लाख रुपैयाँ बराबारको गाउँलेले नगद र जनश्रमदान गरेको स्थानीय उपभोक्ता एवं काग्रेस क्षेत्रीय सचिव हेमन्त बेल्वासेले बताए । दुर्गम वस्तीमा विजुली बलेपछि गाउँलेमा खुसीयाली छाएको छ । विजुली बलेको खुसीयालीमा गाउँलेले भोजभतेर र नाचगान समेत गरेका थिए ।

लघुजलविद्युत परियोजनाबाट जिल्लामा पहिलो पटक सुवर्णखालका यी वस्तीहरुमा विजुली बलेको हो । वडारलघु जल विद्युत परियोजनाका सचिव घनश्याम बेल्वासेका अनुसार गाउँमा विजुली बलेपछि टिभी रेडियो पि्रुज लगायतका सुविधा पाएका छन । २४ घण्टा विजुली बल्न थालेपछि गाउँका झण्डै १ हजार विद्यार्थी पढनबाट लाभान्वित भएको उनले बताए ।

लघु वित्तबाट विजुली बाल्ने भनेर काम शुरु गर्दा यस्तो विकट गाउँमा विजुली बल्ला जस्तो नै लागेको थिएन वडा नं.१ साउटोलाकी माजु वेल्वासेले भनिन तर अहिले गाउँ नै २४ घण्टा झिलिमिली भएको देख्दा  हामी औधि खुसी भएका छौ । विजुली भएपछि घरमा खाना पकाउन देखी चुलो चौकोको काम गर्न सजिलो भएको उनको भनाई छ । विजुली कै कारण गाउँका महिला हरु विहान छिटै उठेर काम गर्न थालेका छन भने वालवालिकालाई पनि पढन सजिलो भएको गाउँलेको भनाई छ ।

मान्द्रे खोलाबाट करिब २ किलोमिटर टाढा कुलोबाट पानी लगी पानी मिलबाट निकालिएको ८ किलोवाट मध्ये खपत हुन वाँकी ३ वाट पनि अरु गाउँमा विस्तार गर्ने योजना रहेको सचिव बेल्वासेले बताए । सुवर्णखाल गाविसका १ र २ वडाका सबै घरमा विजुली बलेको छ । मान्द्र खोलामा पानी प्रशस्त भएकाले अन्य वस्तीमा पनि विजुली बाल्नको लागि अर्को लघु जलविद्युत योजना संचालन गर्ने सोचमा गाउँले छन ।

वैकल्पिक उर्जा प्रवधान केन्द्र, उर्जा क्षेत्र सहयोग कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा क्षेत्रीय नविकरणीय उर्जा सेवा केन्द्र रेडा पाल्पाले आर्थिक तथा प्राविधिक सहयोग पुयाउन थालेपछि जिल्लाको धारपानी गाविसमा पनि लघु जलविद्युतबाट विजुली बाल्ने योजना अघि सारिएको छ ।