– धरम के.सी.
एनआरएन ए र यसको अभियान अहिले बिभिन्न कारणबस बहस र बिवेचनाको बिषय बन्दै छ । स्थापनाको आठौं वर्षमा आइपुग्दा यसलाई हेर्ने दृष्टिकोणहरू पनी फरक फरक पाइन थालेका छन । कसैले यसलाई आस्थाको केन्द्र मानेका छन त कसैले सम्भावनाको पोको ठानेका छन अनि कसैले भने ढोंग र आडम्बरको प्रतिमुर्ति देख्नथालेका छन । यसैबिच एउटा एनआरएन कै दृष्टिमा यो कस्तो छ त ? यहां त्यही दृश्य पस्किने जमर्को गर्दैछु ।
संस्थाको नाम र औचित्य
खासगरी उच्च शिक्षा र रोजगार लगायतका अवसरहरूको खोजीमा बिदेशिएका प्रबासी नेपालीहरूका लागि यो संस्था अद्वीतिय र सर्बोत्तम हो भन्ने मान्यता बोकेरै यो पंग्तीकार पनि यो संघमा आवद्ध भएको हो । तर पछिल्लो समयमा आएर यो संस्थाको नामलाई नै बिबादमा ल्याउन खोजिएको छ । खासगरी नेपाली नागरिकता र नेपाली राहदानी बाहकहरू जो निश्चित अवधिको लागि अस्थाई रूपमा बिदेशिएका छौं र नेपालमा स्थाई बसोबास (घर जग्गा सबै) भएका हामी प्रबासी नेपालीहरू कसरी