गणतान्त्रिक मंच अर्घाखाँचीको भेला सम्पन्न

अर्घाखाँची ५ असार । नयाँ नेतृत्वको चयन गर्दै गणतान्त्रिक मंच अर्घाखाँचीको भेला सम्पन्न भएको छ । भेलाले सुवास चन्द्र बजाडेको अध्यक्षँतामा ११ सदस्यीय समितीको चयन गरेको छ ।

नवगठित समितीको उपाध्यक्षमा प्रमोद गौतम  सचिब बसन्त खड्का  र कोषाध्यक्षँमा बसन्त गमाल रहनु भएको छ । 
 
यसैगरी सदस्यमा यमकला भुसाल  भक्त बहादुर सुनार  राजेन्द्र पौडेल भेषराज बेल्बासे  गुणानिधि अधिकारी  सफि उल्ला मिया र बाबुराम चुँदाली रहनु भएको छ । 

 भेलाको उद्घाटन गर्दै माओबादी जिल्ला सेक्रेटरी ठाकुर कुमार विक किसोरले शिक्षकका समस्याप्रति राज्य उदासिन भएको बताउँदै सबै किसिमका शिक्षँकहरुलाई समान व्यबहार गर्न राज्यसंग आग्रह गरे ।

 कार्यक्रममा अखिल नेपाल शिक्षँक संगठनका केन्द्रिय सदस्य मान बहादुर पाण्डे  अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य राजेन्द्र आचार्य  अखिल नेपाल शिक्षँक संगठनका उपाध्यक्षँ युवराज भुसाल  लगायतले मन्तव्य राखेका थिए ।

 
 भेलामा शिक्षँकका विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 
                                             
                                                      Shovakhar Panthi in Arghakhanchi contributed to this report.