सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको
आतंककारी आक्रमणपछि दुई जना मुसलमानको हत्या गर्ने अमेरिकी नागरिक मार्क
स्ट्रोम्यानलाई मृत्युदण्ड दिइएको छ ।
टेक्सस राज्यको हन्स भायल जेलमा विषालु
इन्जेन्सन दिएर उनलाई मृत्युदण्ड दिइएको अधिकारीहरले बताएका छन् ।
४१ वर्षिय
स्ट्रोम्यानले अरब मूलका दुइ ब्यक्तिको हत्या गरेको स्वीकारेका थिए । अलकायदा
सम्वद्ध मुसलमानहरुले ट्वीन टावरमा आक्रमण गरेकाले मुसलमानसंग वदला लिन आफूले हत्या
गरेको उनले स्वीकार गरेका थिए । स्ट्रोम्यानले हानेको गोली लागी घाइते भएका राइस
भुइयानले भने मृत्युदण्ड समस्याको समाधान नभएको भन्दै घृणाले निम्त्याउने अपराध
निराकरणको माग गर्दै मृत्यु दण्डको विपक्षमा उभिएका थिए ।
टेक्ससमा यो वर्ष मात्रै
बाट ७ जनालाई विषालु इन्जेक्सन दिएर मृत्यु दण्डको सजाय दिइसकेको छ ।