संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनबाट उत्पन्न परिस्थिति विश्व शान्ति र
सुरक्षाका लागि ठूलो खतरा हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
जलवायु
परिवर्तनका कारण आगामी दशकमा प्राकृतिक विपद् निकै बढ्न सक्ने राष्ट्रसंघका
पर्यावरण कार्यक्रम सम्बन्धि अधिकारीहरुले बताएका छन् ।
राष्ट्रसंघले सोमालियाको
भोकमरीको संकटले खाद्य पदार्थको अभाव, स्थानीय खाद्य सुरक्षा, मानिस विस्थापित हुने
खतरा र सिमा क्षेत्रमा शरणार्थीको समस्यमा पैदा हुने स्थिति देखिएको जनाएको हो ।
तर
यसका लागि तयार रहन राष्ट्रसंघले आह्वान समेत गरेको छ ।