काभ्रेमा गहनाको लोभमा बुहारीको मिलेमतोमा सासुको हत्या

केही दिन अघि काभ्रेमा गहनाको लोभमा एक बृद्धाको हत्या गरिएको छ । काभ्रेको
ज्याम्दी गाविस वडा नं ९ की ६० बर्षीय कान्छीमाया तामाङको हत्या गरिएको हो । सोही
गाविस बस्ने कुमार भनिने जित कुमार तामाङ, सुकुमान तामाङ र पञ्चमाया तामाङको
संलग्नतामा ती बृद्धाको हत्या गरिएको हो । पञ्चमाया तामाङ मृत्तक कान्छीमाया
तामाङकी जेठी बुहारी हुन् । मृत्तक कान्छीमाया तामाङ माईलो छोरा धर्म तामाङ्गसँग
बस्दै आएकी थिइन् ।

घरमा विग्रको बत्ती बनाउने निहुँमा जितकुमार तामाङ्ग
र सुकमान तामाङ्ग कान्छीमायाको घरमा गएका थिए । कान्छीमाया तामाङले लगाएको गहनाको
लोभमा परि कुलतमा फसेका जित कुमार तामाङ्ग र सुकमान तामाङ्गले कोदालो प्रहार गरेर
उनको हत्या गरि सिरकमा पोके पारेर ३०० मिटर तल खोल्सामा फालेका थिए । बृद्धको हत्या
पछि उनले लगाएको गहना जितकुमार तामाङको घरमा लुकाइएको थियो भने मोवाईल नजिकैको
जंगलमा लुकाएका थिए ।

घटना भएको भोलि पल्ट स्थानिय बासिन्दाले बृद्धको शव घर
देखि केही तल जंगलमा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

घटनास्थल पुगेको
प्रहरीले घटनाको प्रकृति हेरेर छानविन अघि बढाउदै जादा मृतककी जेठी बुहारी पञ्चमाया
तामाङ प्रति शंखालागे पछि छानविन गर्ने कर्ममा घटनाको पर्दाफास भएको हो ।

घटनामा आफन्तकै संलग्नता देख्दा खेरी पारिवारीक कलहको कारण पनि हत्या भएको
हुन सक्ने प्रहरीको अनुमान छ । आफ्नै बुहारी ले गाउँमा कुलतमा लागेर विग्रिएका
सुकमान तामाङ्ग र जितकुमार तामाङ्गलाई प्रयोग गरेर मार्न लागएको हुन सक्ने समेत
प्रहरीको प्ररम्भीक अनुसन्धान बाट खुल्न आएको छ ।

जिल्ला प्रहरी
कार्यलय काभ्रेका अनुसार अभियूक्तहरु कुलतमा लागेको हुनाले पैसाको लागि नै ६० बर्षे
वृद्धको पासविक हत्या गरेको बताइएको छ । घटनको बारेमा जिल्ला प्रहरी कार्यलय

काभ्रेका प्रहरी निरीक्षक अरुण कुमार सिंह यसो भन्छन् ………

यस घटनाबाट
प्रष्ट हुन्छ कि लागु औषध र जुवा तासमा लागेको मानिसले पैसाको लागि आफन्त पनि
चिन्दैन भनेर । सुकमान तामाङ्गले पनि हजुर आमा सोसरको वृद्धलाई पैसाको लागि विभत्स
हत्या गरेर आफुमा भएको कर्तुत देखाइ छाड्यो । यस्ता अपराधीलाई हदै सम्मको कारवाही
गरियोस् । जसको कारण आउँदा दिनमा कुनैपनि अपराधीले कसैलाई पनि हत्या गर्न नसकोस् ।