नेपाली महिला समिती यूएई – प्रेस विज्ञप्ती
सम्युत्त अरब एमिरेट्स यूएईमा कार्यरत सम्पूर्ण महिला लाई एउटै छाता मुनी राखी सगंठित गर्दै जाने उद्देश्यले स्थापित नेपाली महिला समीतिले अघिल्ला वर्षमा जस्तै वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिला हरुको महान पर्व ‘हरितालिका तिज’ लाई यस् वर्ष पनि भब्य रुपमा मनाउने भएको जानकारी गराउदछौ । प्रवासमा त्यो पनि महिला कामदार भएर कामगर्न आँफैमा ठुलो समस्या भएको आम- सबै लाई नै अवगत छ । यधपी हामी महिलाको पर्व हामी महिला नै मिलेर कार्यक्रम आयोजना गर्नु उत्तम हुने ठहर गर्दै सम्युत्त अरव एमिरेट्स यूएईको दुबइमा ‘हरितालिका तिज – २०६८’ लाई बिशेष रुपमा मनाउने तयारी गरेको जानकारी गराउन चाहन्छौ ।
हामी महिलाले मात्र प्रवासमा खास केही गर्न नसके पनि महिला समीतीले यही आउदो अगस्ट २६ शुक्रबार आयोजना गर्ने तिज बिशेष सास्कृतिक कार्यक्रमलाई आ-आफ्नो क्षेत्र बाट प्रचार-प्रसार एवम सम्पूर्ण नेपाली महिला दिदी – बहिनी तथा दाजु-भाइमा यो खबर सम्प्रेशण गरी जानकारी प्रदान गर्न सहयोग गर्नुहुनेछ भन्ने ठुलो आशा यस् समितिले राखेको छ।
त्यसर्थ निम्न मिती र स्थानमा आयोजना हुने तिज बिशेष कार्यक्रममा तपाईंसम्पूर्ण को उपस्थितीको लागि पनि अग्रिम निमन्त्रणा टक्राउछौ । खास गरी कार्यक्रममा महिलाहरुका लागि प्रवेश शुल्क नलिने तथा पारिवारिक जमघटको रुपमा आउने सदस्यलाई समेत निशुल्क प्रवेश बनाइ साझ दर खुवाउने कार्यक्रम पनि राखिएकोले आफुले सक्दो सहयोग गरी कार्यक्रम लाई सफल बनाइ दिनु हुन यस् नेपाली महिला समिती यूएई हार्दिक अनुरोध गर्दछ ।
नेपाली क्यालेन्डर अनुसार भाद्र चौध गते तदनुसार अगस्ट ३१ तारिख परेको तिज लाई हामी प्रवासका नेपाली महिला हरु समयसन्धर्भ मिलाएर उपस्थित हुनु पर्ने भएकोले तत अनुसार कार्यक्रम तय गरिएको समेत यसै प्रेस बिज्ञपती मार्फत जानकारी गराउन चाहन्छौ ।
कार्यक्रम हुने :
मिती : २६ अगस्ट २०११ शुक्रबार,
स्थान : वल्ड ट्रेड सेण्टरको अल अविर स्थित बिशेष हल
समय : अपराह्न्न ४ बजे देखी
प्राथी
राधा ढकाल साबित्री एम.सी.
अध्यक्ष महासचिव
नेपाली महिला समिती यूएई नेपाली महिला समिती यूएई