डाईनेष्टिकको नाम अब अर्घाखाँची सिमेन्ट प्राली

– प्रेमनारायण आचार्य
अर्घाखाँची ६ साउन । अर्घाखाँचीको नरपानीवाट चुन ढुंगा उत्खनन गरिरहेको डाईनेस्टिक ईन्ड्रस्टिज प्रालीले कम्पनिको नाम परिबर्तन गरेर अर्घाखाँची सिमेन्ट प्राली बनाएकॊ छ ।

नेपाल सरकार उद्योग मन्त्रालय अन्तर्गत कम्पनि रजिस्टारको कार्यलयको मिति २०६८ साल असार ९ गतेको निर्णय अनुसार कम्पनिको नाम परिबर्तन भएको कम्पनिका महाप्रबन्धक महेन्द्र रावलले बताए ।

कम्पनिले खानी उत्खनन गर्ने गाविसहरु नरपानी र खाँचीकोटको ईआईए पनि पास भई जिबिस अर्घाखाँचीलाई बुझाएको  कम्पनिका महाप्रबन्धक रावलले बताए ।