अर्घाखाँचीमा विपी स्मृति दिवस

– शोभाखर पन्थी

साउन-६ अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रय सदस्य कृष्णचन्द्र नेपालीले माओवादीका कारण शान्ती र संविधान  निर्माण प्रकि्रया अवरद्ध भएको बताउनु भएको छ । 

नेपाली कांग्रेस अर्घाखाँचीद्धारा वि पी स्मृति दिवसको अवसर पारी आज सन्धिखर्क-४ पटुवाथुममा आयोजित अन्तरकि्रया कार्यक्रममा मन्तव्य राख्दै नेपालीले माओवादी भित्र देखिएको खिचलोका कारण शान्ती र संविधान निर्माण प्रकि्रया प्रभावित भएको बताए ।

उनले विपीले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवादको सार्थकता अहिलेको अवस्थामा झनै बढेको बताउँदै कांग्रेस सधै विपीले देखाएको पथमा अगाडि बढ्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालको अध्यक्षता र कोषाध्यक्ष हरि बहादुर खड्काको सचालनमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति पिताम्बर शर्मा पुर्व उप सभापति विष्णु मुस्कानले शान्ती सहमति र संविधान  निर्माणका लागि दलहरु एकजुट भएर अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिती सदस्य श्यामनाथ काश्यप लक्ष्मी श्रेष्ठ पुर्व जिल्ला उपसभापति इन्द्र बहादुर क्षेत्री कांग्रेस क्षेत्र नं. १ का अध्यक्ष चन्द्रमणि पाण्डे किसान संघका केन्द्रीय उपाध्यक्ष कमल बिक कांग्रेस सन्धिखर्कका अध्यक्ष नेत्र प्रसाद भट्टराई सचिव बावुराम पन्थी लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

यस अघि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले पार्वती निमाविको प्राङ्गणमा विभिन्न जातका गरि करिव २  सय विरुवा रोपेका थिए । कांग्रेसले सदरमुकामका अतिरिक्त गाउँ-गाउँमा  समेत वि पि  स्मृति दिवस मनाएको जनाएको छ ।


२९ औ बिपी स्मृती दिबस: सन्धिखर्कमा बृक्षारोपण तथा अन्तरकृया कार्यक्रम