ऋणमा चुर्लुम्म डुबेको युरोपेली मुलुक ग्रीसको आर्थिक संकट टार्न यूरोपेली मुलुकका
नेताहरुले नयाँ आर्थिक सम्झौता गरेका छन् । बेल्जियमको ब्रसेल्समा भएको १७ यूरोपेली
मुलुकका नेताहरुको सम्मेलनमा ग्रीसका लागि नयाँ सहायता सम्झौतामा सहमति भएको हो ।
यूरोपेली परिषदका अध्यक्ष ह्यारम्यान ब्यान राँम्पाउका अनुसार यूरोपेली संघ,
अन्तराष्ट्रिय मुद्राकोष र नीजि क्षेत्रको सहयोगमा १ सय ५५ अर्ब डलर राशीको राहत
प्याकेज दिइन लागिएको हो । ग्रीसलाई दिइने ऋणमा कम ब्याज लगाइने र अवधी पनि बढाइएको
भएको छ । यो प्याकेजमा बैंक र निजी क्षेत्रको ३७ अर्ब यूरो योगदान रहनेछ । यता नयाँ
सम्झौताबाट यूरोपेली मुलुकहरुको बित्तिय बजारमा सकारात्मक प्रभाब देखिन शुरु
भइसकेको छ । अमेरिकी शेयर बजारमा १ दशमलव ३ प्रतिशतले बृद्धि भएको छ भने मिलानमा
शेयरको भाउ ४ प्रतिशत र स्पेनमा ३ प्रतिशतले बढोत्तरी भएको छ ।
ग्रीस आर्थिक
संकटमा फसे यता युरोपेली मुलुक स्पेन र पोर्चुगलमा पनि आर्थिक संकट देखा परेको थियो
भने संकट टार्न युरोपेली मुलकहरुले विभिन्न आर्थिक कार्यक्रम ल्याउदैछन ।