पोषाक पाएपछि सडक बालक प्रफुल्ल

– शारदा मरासिनी

साउन ७ अर्घाखाँची ।   झुत्रो लुगा र नांङ्गो खुट्टा लिएर हिड्ने अर्घाखाँचीका सडक बालबालिकाहरु चिटिक्क परेर हिड्न थालेका छन् । जिल्ला बालकल्याण समिती अर्घाखाँचीले सडक बालबालिकाहरुका लागी पोशाक उपलब्ध गराएपछि जिल्लाका सडक बालबालिका ठाँटिएर हिँडेका हुन् । 

 बाबुआमा गुमाएका तथा बाबुले सौतेनी आमा ल्याएपछि घरबार छोडेर दुख पाई हिँड्ने बालबालिकाहरुको संख्या पछिल्लो समयमा अर्घाखाँचीमा बढ्दै गएको छ । सडक बालबालिका प्रति कसैको ध्यान नपुगेको भन्दै गुनासो आईरहेको समयमा बालकल्याण समितीले बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि वितरण गरी बालबालिकाहरुलाई पोषाक उपलब्ध गराएको थियो । 

 घर छोडेका बालबालिकाहरु अपराधिक कि्रयाकलापमा संलग्न हुने  शारिरिक श्रमको शॊषण हुने र  बाल अधिकारको हनन समेत हुने भएकाले बालबालिकाको संरक्षणका लागी बालकल्याण समितीले जिल्लास्तरीय गुरुयोजना तयार पारेको बालकल्याण समितीका बाल अधिकृत बिना प्युठानीले बताईन् ।  उनले बालबालिकाको संरक्षणका लागी बालगृह निर्माण गर्न  विभिन्न निकाय संग छलफल गरेको समेत बताईन् । 

 सरकारले गरिब तथा विपन्न वालवालिकाको लागी करोडौँ रुपैँयाको छात्रबृतिको व्यबस्था गरी अनिबार्य शिक्षाको कुरा उठाई रहँदा यहाँका सयौँ बालबालिकाहरु भने आर्थिक अभावका कारण पढ्नबाट बन्चित छन् ।