अर्घाखाँचीका सामुदायिक वनतिर बढ्दो आकर्षण

– शारदा मरासिनी

साउन ७ अर्घाखाँची । एक दशक पहिले सम्म उजाड रहेका अर्घाखाँची जिल्लाका डाँडापाखाहरुमा हरियाली छाएको छ । स्थानीय बासिन्दाहरुले आफ्नो पायक पर्ने ठाँउको बन क्षेत्रलाई सामुदायिक बनाएर बृक्षारोपण तथा संरक्षण गर्न थालेपछि जिल्लाको बन क्षेत्रमा हरियाली छाएको हो ।

स्थानिय बासिन्दाहरु बन संरक्षणमा लागी परेपछि वन संरक्षणकॊ प्रभाव सबै क्षेत्रमा पर्न थालेकॊ छ । जिल्लाको अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाहरुको लागि विकासको मेरुदण्ड पनि सामुदायिक वन क्षेत्र नै भएको छ । जिल्लामा सडक निर्माण विद्यालयको स्तर उन्नति शिक्षकहरुको नियमित तलब र विद्युतिकरणमा सामुदायिक बनहरुले निक्कै ठुलो मद्दत पुर् याउँदै आएका छन् ।

जैबिक र प्राकृतिक दृष्टिले पनि यहाँको बनक्षेत्र बरदान सावित भएको छ । बर्षातको समयमा हुने भु-क्षय रोकिएको छ  । वर्षामा पानि पर्दा विक्राराल रुप लिने खोला र खोल्साहरुपनि अहिले आफ्नो सिमित दायराबाट मात्रै बग्ने गरेका कारण आसपासका क्षेत्रहरुमा नदि कटानी रोकिएको स्थानिय बासिन्दाहरुको भनाई छ । वन बृद्धि सँगै बनमा जङ्गली जनावर र पंक्षीहरुमा पनि तिव्र गतिमा वृद्धि भएको छ । बाघ भालु हरिण राते लोख्रके खरायो ढेंडु बाँदर स्याल जस्ता जङ्गली जनावर र विभिन्न किसिमका पंक्षीहरुको समेत बासस्थान भएको छ वनक्षेत्र ।

वन क्षेत्रको विकास सँगै बाघले गाउमा आएर दुःख लिने गरेको प्रति भने स्थानिय बासिन्दा चिन्तित छन् ।

जिल्लाको कुल ६७०२३ हेक्टर वन क्षेत्र मध्ये १९३६७ हेक्टर वन लाई सामुदायिक वनक्षेत्र बनाएर संरक्षण गरिएको छ ।

वन संरक्षण भएपछि खानेपानिका मुहानहरु पनि सर्सिन थालेको स्थानिय बासिन्दाहरुको भनाइ छ । उपभोक्ताहरुले सामुदायिक वनलाई अहिले जीविकोपार्जनको समेत माध्यम बनाउन थालेका छन् । बनमा रहेका फराना बाङ्गगा टीङ्गा र उत्पादन नदिने रुखहरु कटानी गरी जडिबुटी फलफुल डाँले घाँस र उत्पादनका दृष्टिले फाइदा लिन सकिने हुदाँ विभिन्न किसिमका बिरुवाहरु लगाउन सुरु गरेको वन उपभोत्ता महासंघका जिल्ला सदस्य मधु कुमार श्रेष्ठले बताउनु भयो ।

सामुदायिक बनका उपभोत्ताहरुलाई सचेत बनाएर वा आफ्नो भन्ने भावनाको विकास गराई बन संरक्षण र विस्तारमा आफुहरु लागि परेको जिल्ला वन अधिकृत सुरेश सिंहको भनाई छ । जिल्लाका सामुदायिक बनहरु मध्ये कपिलवस्तु र अर्घाखाँची जिल्लाको सीमा क्षेत्रमा रहेको केहि सामुदायिक वनहरुमा पटक- पटक अनियमिता भएको स्थानिय वासिन्दाहरुको गुनासो छ । स्थानिय उपभोत्ता समितिका पदाधिकारीहरु वन तस्करहरुको साजाल फस्न पुगेको प्रति जिल्लाका बुद्धिजीविहरुले चिन्ता प्रकट गरेका छन् । जिल्ला वन अधिकृत सुरेश सिंहले भने वन कार्यलयको पटक-पटकको अनुगमन निरिक्षण र चेतना मुलक कार्यक्रम साचालन पछि वन फडानि रोकिएको बताउनु हुन्छ ।

छिटफुट रुपमा हुने गरेका घटनालाई छोडेर हेर्ने हो भने सामुदायिक वन अर्घाखाँचीबासीलाई वरदान सावित भएको छ । अन्य क्षेत्रमा जस्तै वन क्षेत्रमा पनि बिपन्न महिलादलित जनजाति मुस्लिम र पछाडि परेका जातजाति वर्ग र क्षेत्रको पहुच हुन नसकेको स्थानिय बासिन्दाहरुको आरोप छ । उपभोत्ता समिति लगायत विभिन्न समुहमा केवल गणपुरक संख्याको लागी मात्र नभई नेतृत्व र निर्णायक तहमा विपन्न वर्गलाई सामेल गर्न सकिएमा वन संरक्षणमा थप टेवा पुग्ने वन विज्ञहरुको भनाई छ ।