पुष्पलाल स्मृति दिवसको अवसरमा सन्धिखर्कमा प्रवचन

– शोभाखर पन्थी

 
अर्घाखाँची साउन ७ ।  नेकपा एमाले अर्घाखाँचीलॆ ३४ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारी आज सन्धिखर्कमा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
 
कार्यक्रममा मन्तव्य राख्दै एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य नरेन्द्र कुमार क्षत्रीले शान्ति र संविधान निर्माणका लागि राजनीतिक दलहरु मिल्नुको विकल्प नभएको बताए । 

उनले दलहरु बीचका आन्तरिक खिचातानिका कारण आन्दोलनका उपलब्धीहरु गुम्न सक्ने खतरा बढेको औल्याउँदै शान्ती र संविधानले  सार्थकता नपाएसम्म प्रमुख दलहरु बीच एकता कायम गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

एमाले जिल्ला उपाध्यक्ष जनार्दन खनालको अध्यक्षता र उप-सचिव कुलदिप भुसालको साचालनमा सम्पन्न कार्यक्रममा एमाले अाचल समन्वय कमिटीका सदस्य पवित्रा पौडेल जिल्ला सचिवालय सदस्य बुद्धि बहादुर रायमाझी प्रेम नारायण गैरे सरोज भुसाल भोज बहादुर गन्दर्भ र जिल्ला कमिटी सदस्य श्रीकृष्ण भुसालले शान्ती र सहमतिका लागि माओवादी बाधक भएको बताउँदै माओवादीको अतिवादी सांेच र कांग्रेसको पुरातन वादी प्रवृतिको अन्त्य हुनु पर्ने बताए । 

  यसैबीच पुष्पलाल स्मृति दिवसको अवसर पारी नेकपा एमाले  धनचौर अर्घाखाँचीले आज धनचौँरका विभिन्न वार्डहरुमा वृक्षारोपण तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । वृक्षारोपण पछि  आयोजित कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य खगेश्वर पन्थी जिल्ला परिषद सदस्य झविलाल भट्टराई क्षेत्रीय कमिटी सदस्य शान्ता चुदाली गाउँ कमिटी अध्यक्ष केशव भट्टराई मुम बहादुर रायमाझि ईश्वरी प्रसाद मरासिनी रामु चँुदाली विष्णु चुँदाली तारा गैरे ओमलाल भट्टराई मेघलाल भट्टराई लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

यसैबिच एमालले किमडाँडा पाली खिदीम नुवाकोट हंसपुर खन मरेङ्ग भगवति लगायतका स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी ३४ औँ पुष्पलाल स्मृति दिवस मनाएको एमाले प्रचार विभाग प्रमुख प्रेमनारायण गैरेले बताए ।

पहिलो प्रकासित मिती  – (२०६८ श्रावण ७, शनिवार)