अमेरिकामा ऋण संकट सामाधान गर्ने र वित्तीय घाटा कम गर्ने विषयमा सत्तारुढ
डेमोक्रेटिक पार्टी र विपक्षी रिपब्लिकन पार्टीबीचको वार्ता बिना निष्कर्ष टुंगिएको
छ । रिपब्लिकन पार्टीका नेता जोन बोइनरले वार्ताबाट आफु अलग्गिएको घोषणा गरेका छन्
। सरकारले कर बढोत्तरीको विकल्प जोडमा दिइरहे पनि सरकारी खर्चमा कटौती जस्तो कठोर
कदम उठाउन सरकार असफल भएको आरोप उनको थियो । तर राष्ट्रपति बाराक ओबामाले विपक्षी
नेता बोइनरले करको दरमा बढोत्तरी र सरकारी खर्चमा कटौति सम्बन्धी सरकारको प्रस्ताव
किन अस्वीकार गर्नुभयो भनी प्रश्न गर्नुभयो । ओबामाले अब फेरि बोइनर सहितका सदस्यको
बैठकमा सरकारसँग रहेको विकल्पका विषयमा छलफल गर्नुहुने भएको छ ।
अर्थशास्त्रीहरुका
अनुसार आगामी अगष्टसम्म अमेरिकाले ऋण भुक्तान नगरेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय
क्षेत्रमा यसको नकारात्मक असर पर्नेछ । यही संकटलाई ध्यानमा राखी अमेरिकी सरकारले
विपक्षीसँग छलफल गरेको थियो ।