अर्घाखाँचीका महिलाहरुद्धारा बिरोध स्वरुप सडकमा रोपाई

– प्रेमनारायण आचार्य  

अर्घाखाँची ८ साउन । बिगत २ महिना देखि  अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको बिचमा रहेको गुन्टी खोलामा बाटो हिलो भएर दुर्घटना बढ्ने सम्भाबना बढ्दा समेत स्थानीय निकायको बाटो मर्मतमा ध्यान नगएपछि आज स्थानीय महिलाहरुलॆ बिरोध स्वरुप सडकमा रोपाई गरेका छन् । 

    भिरालो क्षेत्रमा प्राबिधिक मापन बिना गरिएको पलिटंगले हिलो भएको सडक मर्मत गर्न स्थानीय बासिन्दा र क्याम्पसका बिद्यार्थीहरुले पटक पटक जिबिस र गाविसलाई आग्रह गर्दा कसैले ध्यान नदिएको स्थानीय बासिन्दाले बताएका छन् । 

  भिरालो क्षेत्रमा प्राबिधिक मापन बिना गरिएको पलिटंगको कारण सन्धिखर्क स्थित शान्ति बगैचाबाट बसपार्क चुत्राबेसी  पाणिनि क्याम्पस लगायत तम्घास  तथा प्युठान जाने बाटोमा बिगत २ महिना देखि बाटो हिलो भएर गाडी कहिलेकाहि मात्र चल्दा  समेत कसैको ध्यान नपुगेको भन्दै स्थानीय महिलाले बिरोध स्वरुप सडकमा रोपाई गरेका हुन् । 

   पीच भएको बाटोमा अन्धाधुन्द गरिएको पलिटंगले पीच पूर्ण रुपमा क्षती भएको छ भने बाटोमा खाल्डा खुल्डी र बाटो माथी भएको पल्िटंगको माटो सडकमा आएर पानी जम्मा भए पछि महिलाहरुले सडकमा गाडी चल्न नदिएर रोपाई गरेका हुन् । 

  स्थानीय बासिन्दा र क्याम्पसका बिद्यार्थीहरुले पटक पटक बाटो बनाउन जिबिस र गाविसलाई आग्रह गर्दा कसैले ध्यान नदिएको स्थानीय बासिन्दाले बताएका छन् । 

  बाटो हिलो भएका कारण  अहिले पनि सन्धिखर्कबाट छुट्ने जीप तथा बसहरु बसपार्क र जीपपार्क बाट नछुटेर शान्ती बगैचाबाट छुट्ने गरेका छन् । जसको कारण शान्ति बगैचामा समेत दुर्घटनाको सम्भाबना बढेको छ ।