ओस्लो – नर्वेमा कम्तिमा ९२ जना मारिने गरी भएको दुई वटा आक्रमण आफू एक्लैले गरेको बयान प्रहरीलाई दिएको छ। केही प्रत्यक्षदर्शीले अर्को बन्दूकधारी पनि देखिएको बताएका थिए।
आक्रमणकारीले यस्तो बयान दिए पनि प्रहरीले घटना एक्लैले गरेको हो कि धेरैले भन्ने बारे छानबिन गर्दैछ।
सोधपूछका क्रममा उनले एक्लैले गरेको बताएका छन्। हामी त्यसबारे छानबिन गर्दैछौँ, प्रहरी अधिकारी स्भेइनुङ स्पोनहेइमले बताए।