खोलामा डुबेर ठुलापोखरामा ३ जना बिद्यार्थीको मृत्यु

– प्रेमनारायण आचार्य

अर्घाखाँची ८ साउन । अर्घाखाँचीको ठुलापोखरा गाविसमा आज दिउसो धान लिन खेतमा गएको बेला खोलामा डुबेर ३ जना बिद्यार्थीको मृत्यु भएको छ । 

धान लिन खेतमा गएको बेला ठुलापोखरा गाविसको वाड नं ९ चौहामा रहेको जररे खोलामा नुहाउने क्रममा खोलामा डुबेर नेपाल राष्टिय उच्च माबि ठुलापोखरामा अध्यनरत ३ जना बिद्यार्थीको मृत्यु भएको हो । खोलामा तैरिएको अवस्थामा मृत भेटिएका तीनै जनालाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मृत्यु हुनेमा ठुलापोखरा गाविस वाड नं १ धारा गाउँकी ११ बर्षीया उषा विक,  १६ बर्षीया रिता विक र वाड नं ३ कि १५ बर्षीया रेखा पाण्डे रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । 

उषा र रेखाले कक्षा ८ मा र रिताले कक्षा ९ मा नेपाल राष्टिय उच्च माबिका बिद्यार्थीमा अध्यनरत बिद्यार्थी रहेको स्थानीय प्रकासचन्द्र पौडेलले बताएका छन् । 

मृतक तीनै जनालाई पोस्टमार्टमकोलागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ ।

                                                       नेपाल राष्टिय उच्च माबि, ठुलापोखरा