मेरै लागि बगाऊ तिम्रा रगत र पसिना

– जीवन्त विरही 
सगरमाथा म.म सेन्टर
  
पसिना कति बगाउछौ वीर नेपाली 
ताबुक सिमेन्ट बालुवा र बेल्चा उचाली
रगतका भलहरु कति बगाउँछौ वीर नेपाली   
बारुद र बमका धुँवाहरुमा होली खेली ॥
 
पसिना र रगत बगाउँने वीर नेपालीहरु  
धन मान सान र इज्जत कमाउँने सबै अरु   
खै कहिले जान्ने र बुझ्ने हो पूँजीका खेलहरु   
जहिले पनि भिरेका छौ पैसा र पूँजीका नेलहरु
 
सम्पतिकै लोभमा परेर देश घर परिवार छोडेर 
विदेशीको गल्ली गल्ली हिडेका छौ बगैचा गोडेर
नेपाल आमाले भन्दै छ म त उजाड भैसके 
तिमीहरुको हेलाले म त चाउरी परेर गैसके
 
अझै पनि फर्कन्नौ भने मेरो अस्तित्व गुम्ने छ 
यहाँ नेपाली वीरहरु होईन अरु नै आई रम्ने छ
तिमी नेपाल आमाको सच्चा सपुत हांै भन
भो अव फर्क नेपाल आमाको अस्तित्व गुम्न नदिन 

                      धन्यवाद