चीनमा तिब्र गतिको दुई रेल आपसमा जुध्दा कम्तिमा ३२ जनाको मृत्यु, सय भन्दा बढी घाइते

चीनमा तिब्र गतिको दुई रेल आपसमा जुध्दा कम्तिमा ३२ जनाको मृत्यु भएको छ भने सय
भन्दा बढी घाइते भएका छन् । पूर्वी चीनको वेन्जाउ नजिकको जेजियाङ प्रान्तमा रेलहरु
जुधेपछि रेलका डिब्बा पुलबाट खसेको थियो ।

चिनिया सञ्चार माध्यमका अनुसार चट्याङमा
परेको रेलसंग अर्को रेल जुध्दा यो घटना भएको थियो । दुवै रेलमा करिब सय सयको
संख्यामा यात्रु रहेको अनुमान गरिएको छ ।

 

तीब्र गतिको रेल निर्माणमा ठूलो धनराशी
खर्च गरिरहेको चीनमा हालै मात्र प्रति घण्टा ३ सय किलोमिटरको गतिमा चल्ने रेल
सञ्चालनमा ल्याएको थियो ।