– प्रेमनारायण आचार्य
अर्घाखाँची ९ साउन । अर्घाखाँचीका अधिकांस ग्रामीण भेगमा बिगत ४ दिन देखि बिद्युत सेवा अबरुद्ध भएको छ ।
ग्रामीण भेगमा बिगत ४ दिन देखि बिद्युत अबरुद्ध हुदा समेत मर्मतका लागि बिद्युत प्राधीकरण अर्घाखाँची शाखाले कुनै पहल गरेको छैन् ।
लोडसेडिङको मार खेपिरहेका जिल्लाबासिहरुले केहि दिन अघि झिमरुक जलबिद्युत आयोजनाको बिद्युत जडान हुदा लोडसेडिङबाट मुक्त हने सपाना देखेका थिए । तर बिद्युत ४ दिन देखि अबरुद्ध हुदा समेत प्राधीकरणका कर्मचारीहरु मुक दर्शक बनेर बसेको भन्दै ग्रामीण भेगका बासिन्दाहरु आक्रोसित भएका छन् ।
बिद्युत अबरुद्ध हुदा संचारमाध्यमहरु समेत पूर्ण रुपमा प्रभाबित भएका छन् । रेडियो ईमेल ईन्टरनेट मोबाईल फोन समेत बिद्युत अबरुद्ध हुदा निरन्तर रुपमा संचालनमा आउन सकेका छैनन् ।