– शालिक राम आचार्य
मस्कट – जीवनको अन्तिम क्षणमा रहेका अर्घाखाँची निवासी नरेशबहादुर खत्रीको तुरुन्त मुटुको दुईवटा भल्व फेर्नु पर्नु भएकोमा नीजको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको जीवनरक्षाको लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको प्रकासित समाचार पछि संसारभरका कुनाकाप्चामा रहेका नेपालीहरुले सह्योग गर्ने प्रकृया अनुरुप ओमानबाट पनि त्यहाँ रहेका नेपाली – संघ सस्थाबाट केही आर्थिक सह्योग उपलब्ध भएको छ भने सहयोगको सिलसिला जारी रहेको छ।
सकलित रकम २३१५० रु . तेईस हजार एक सय पचास रुपैँया ईश्वरी प्रसाद भुसालको नाममा लक्ष्मी बैंक सन्धिखर्क चुत्राबेसी अर्घाखाँचीमा पठाइसकिएको छ।
यसैगरी ओमानमा निरन्तर सहयोग उठाउने काम जारी रहेको छ।
यसैगरी उता नरेश सहयोग अभियानमा प्रमुख भूमिका निर्बाह गर्दै लागिपरेका युवराज अर्याल, विष्णु अर्याल तथा शालिक राम आचार्यले नरेश बहादुर खत्रीको जीवनरक्षाको लागि ओमानको मस्कटबाट आर्थिक सहयोग गरिरहेका सबै सहयोग दाता विषेश धन्यवाद दिनुभएको छ। भने अझै पनि सक्दो सहयोग गरी दिन सम्पूर्ण नेपालहरुलाई हार्दिक आग्रह गरिएको छ।
ओमान मस्कटबाट नरेशबहादुर खत्रीको जीवनरक्षाको लागि आर्थिक सह्योग गर्ने व्यक्तीहरुको विवरण एस पर्कारछ |
जम्मा ओमानी रियाल १२७.००० (नेपाली रु. २३१५० )
नरेश बहादुर खत्रीका लागि अर्घाखाँची कोरिया सम्पर्क मंच आर्थिक सहयोग
नरेशबहादुर खत्रीको जीवनरक्षाको लागि आर्थिक सहयोग गर्ने व्यक्ती- संघ-सस्थाहरुको विवरण–