मानिसको जिवनका अनेकौ घुम्ति र अनेकौ मोडहरु पार गर्दै अगाडी बढ्ने क्रममा कतारमा २०११ को गर्मी संग संघर्ष गर्दैछौ । हाम्रा हरेक योगदानहरु वाध्यता परिस्थिती र विवसता कारण नै आज सम्मको विश्वमा योगदान हुन पुगेको छ । विश्वमा नेपाली सेनाको परिचय अर्जेन्टीना विरुद्ध फोकल्यण्डको टापुमा र पाकिस्तान विरुद्ध भारतको जम्बु कश्मिरमा नेपालीहरुले देखाएको वीरतालाई संसारको ईतिहासमा कायम छ । आज ईराक र अफगानीस्तान जस्ता अनेकौ कठीन लडाईमा नेपालीलाई नै प्रयॊग गरि रहेका छन् । विश्वको ईतिहासमा हाम्रो योगदानको अध्ययान र सम्झने हो भने धेरै वीरताको ईतिहास छ । देशको लागि भन्दा अन्तर्राष्ट्रिय रुपमा नै हाम्रो योगदान धेरै भन्दा धेरै देखिन्छ ।
हामी विश्वको सबै भन्दा अग्लो सगरमाथाको चिसो हावा पानी स्वच्छ वातावरणमा हुर्केका नेपालीहरुलाई कतारको यो गर्मी युद्ध लडेको जस्तो हो । यसको मुल्यकन ईतिहासले गर्ने छ । कतारको गगन चुम्ने महल र चिल्ला रोडहरुमा पनि हाम्रो योगदान त्यतीकै छ । यो चर्को गर्मी संग संघर्ष गर्दै गैटि र बेल्चा करेन्टि चाकुसलाई हतियार र सिमेन्ट बालुवालाई बारुद्ध वनाएर संघर्ष गरिरहेका छौ । आज हामी सात समुन्द्रपारी यो उजाड मरुभूमिमा विलाप गर्दै चर्को गर्मी दुःख कष्टकरमा मडाईरिरहे पनि हरपल हाम्रो प्यारो नेपालको सम्झनामा तड्पिरहेका हुन्छौ । आफ्नो देश र परिवारवाट टाढा हुन हामीलाई कुनै रहर होईन वाध्याता नै हो ।
धेरै सपना बोकेर यो चर्को गर्मी मा संघर्ष गर्ने अठोट लिएका हुन्छौ तर यहाँ आएर एक घन्टा टिक्न नसक्ने गर्मीमा घन्टौ घन्टा गैटि र बेल्चा चलाउन वाध्यता हुनु पर्छ त्यो बेला साहुको साँवा भन्दा पनि व्याज सम्झदा अति आत्मग्लानी हुन्छ किन की हामीले लिएको ऋण को ब्यज तिर्न पनि नपुग्ने अबस्था वन्दै आएको छ । म अफुले भोगेको सन् २००२ मा कतार आउदा मेरो तलब ७०० रियल थियो मात्र ६५ रियल ले खाना खर्च पुग्ने थियो तर आज तलब जाहाँको त्याहि छ खाना ३५० ले पुर् याउन गाह्रो पर्छ यो महँगी कतार मात्र होईन संसार भरिनै बढेको छ । तर पारिश्रम न्युनतम छ यो पाटो पनि नयाँ पिढीलाई बुझाउन जरुरी छ ।
त्यसैले हामी यो भुमरीको दलदल बाट छिटो भन्दा छिटो निस्किने प्रयत्न गर्नु प्रर्छ अन्यथा भावी पिढीलाई पनि हामीले जस्तो कष्टकर जीबन विताउन नपरोस् यदी यसको अन्त्य हामीवाट भएन भने आउने पुस्ताले यसको अन्त्य गर्न सक्ने छैनन् । यो पुजिबादी युगमा र विज्ञानले उत्पादनको चौतर्फी सामानहरुको बिकासले मानिसलाई एक्ल्याउदैै छ । कमाई भन्दा खर्चिलो हुदै आएको छ आज केही युवाहरु महगा महगा मोवाईलहरु बजारमा आउन साथ किनेर अस्लील भिडीयोहरु हालेर कतारको सबै भन्दा धनी वा भाग्यवानी ठान्छन् सायद म पनि कतार नेपाली एकता समाज नभएको भए त्यसको भागिदार हुने थिए होला पि्रय पाठकहरु हाम्रो भनाई आवश्यक बस्तुहरु किन्दै न किन्ने भन्ने होइन संसारको जुन सुकै सुख सुविधालाई हामीले उपभोग गर्नु पर्छ तर हाम्रो दायित्व र कर्तव्य के हो त हाम्रो डियुटीबाट बचेको समयलाई अस्लील भिडीयो हेर्ने तास खेल्ने लुमा रक्सी पिउने जस्ता अनैतिक कर्यहरुलाई त्यगेर सामाजिक कर्यमा लग्नु पर्छ जस्ले हाम्रो वौद्विक विकास गर्न सकोस जस्तै साथि साथि विचमा बहस वा छलफलमा समय सदुपयोग गर्नु नै प्रवासी युवाको दायीत्व हो ।
हामी घर बाट हिड्न साथ हामीलाई यो संसार देखाउने ति दुःखी बुढा बुढी आमा बुवा र सम्पूर्ण परिवार छिमेकी गाँउलेहरु स्कुल वा मातृभूमीले हामीहरुलाई ठूलो जिम्मा सुम्पेको हुन्छ ।
The views expressed in this article are the author’s own and do
not necessarily reflect Arghakhanchi.Com’s editorial policy.